कटहरिया नगरपालिका द्धारा संचालित अधारभुत लेखा ब्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न

रौतहटको कटहरिया नगरपालिका अन्तर्गत रहेका सम्पुर्ण सहकारी ब्यवस्थापनको लागी ६ दिने अधारभुत लेखा ब्यवस्थापन कार्यशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ ।
जेठ ३२ गते बिहिबार देखि सुरु भएको ६ दिने अधारभुत लेखा ब्यवस्थापन कार्यशाला गोष्ठी आज मंगलबार सम्पन्न् भएको छ


जिल्लाको कटहरिया नगरपालिका वार्ड नं.७ बगहिमा वाड कार्यालयको सभा हलमा कटहरिया नगरपालिकाकी उपमेयर रिता देवीको प्रमुख अतिथ् िभने विशिष्ट अतिथ् िकटहरिया नगरपालिकाका नि. प्रमुख प्रशासकिय अधिकृत राम प्रकास साहको उपस्थितिमा वडाअध्यक्ष शहिद मिया धोवीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रम आज सम्पन्न भएको छ ।
६ दिने अधारभुत लेखा ब्यवस्थापन कार्यशाला गोष्ठीमा नगरभरिमा रहेका सहकारी संस्थाहरुको संचालकहरुसंग समस्या र तीनका समाधान बारे छलफल गरिएको थियो ।

नगरमा किसानहरुले भोग्दै आएको समस्यालाई कसरी समाधान गर्ने र उनीहरुलाई आवश्यकता अनुसारको मल कसरी उपलब्ध गराउने र त्यसको समाधान बारे एक आपसमा छलफल गरि सम्पन्न गरिएको छ ।

गोष्ठीलाई सम्बोधन गर्दै नि प्रमुख प्राशसकिय अधिकृत साहले भने, सहकारी संस्थाका सहभागीहरुलाई तालिम मात्र गरेर हैन ब्यवहारमा पनि ल्याई काम गर्ने हामी सबैको कर्तब्य रहेको र छरिएर रहेका सहकारीहरु एक जुट भएर कटहरिया बजारमा सहकारी संस्था राखी शुल्ब र गुन्स्तरीए शुद्ध तरिकाको पसल संचालन गरि समाजमा राम्रो पैसा कमाउने उद्देशय राखि अगाडी बढनका लागी जोड दिए ।

सो कार्यक्रममा तिस जना सहकारी संस्थाहरुलाई प्रमुख अतिथ् िरिता देवी यादवले र प्रशासकिय अधिकृत साह सहित वडा अध्यक्ष र योजना प्रमुख रानरेश यादव लगाएतका ब्यक्तिहरुले प्रमाण पत्र वितरण गरे ।
६ दिने सहकारी ब्यवस्थापन अधारभुत लेखा ब्यवस्थापन कार्य गोष्ठीमा सहभागिहरुलाई जयप्रकाश दुबदीले परिशिक्षण दिनु भएको थियो । जिल्लामा पहिलो पटक कटहरिया नगरपालिकाकले सहकारी संस्थाको ६ दिने अधारभुत तालिम सुरु गरिएको दुबेदीले बताए ।
सो सम्पन्न कार्यक्रममा नगरपालिकाका कर्मचारी वडा सदस्य उप मेयरको स्वाकिय सचिव बिबेक यादव सहित राजनेतिक दलका नेता लगाएत मेडपा शाखाकाको प्रमुख मनोज कुमाार साह, कौशल चौधरी, आईटि आईका राकेश साह लगाएत ब्यक्तिहरुको उपस्थित रहेको थियो ।

error: Content is protected !!