लालबकैया नदीमा बालककोे डुबेर मृत्यु,૪ घनटा पछि शव फेला

रबिन्द्र प्रजापति, रौतहट । असार ३१ गते ।
रौतहटको लालबकैया नदीमा एक बालकको डुबेर मृत्यु भएको छ । जिल्लाको कटहरिया नगरपालिका ५ स्थित रहेको लालबकैया नदीमा डुबेर एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौहतटले जनाएको छ ।
मृत्यु हुनेमा कटहरिया नगरपालिका वडा नम्बर ५ कटहरिया बस्ने अशोक साह कानुको छोर अ. वर्ष १४ को सोनु कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी बिरबहादुर बुढा मगरले जानकारी दिनु भयो । मृतक बालक श्री जनता मा. बि. कटहरियामा कक्ष १० का अध्यनरत विद्यार्थीक समेत रहेको पिडित परिवारले जनाएको छ ।
आईतबार मा. बि. कटहरियाबाट परिक्षा दिएर ५ जना साथीसंग लालबकैया नदीमा पौडि खेल्न गएको थियो । साहले साथीसंग पौडि खेल्दा खेल्दै अचानक बेपता भएको थियो । बेपता हुँदा मृतक साहको साथीहरुले स्थानीयलाई खबर गरेपछि स्थानीयले ईलाका प्रहरी कार्यालय कटहरियामा खबर गरेको थियो ।
घटनाको जानकारी हुनुका साथै ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई रामछबेला यादवको टोलीले घटना स्थलमा पुगी स्थानीयको सहयोगमा बालक लाई खोजी गरे । बालक फेला नपरे पछि कटहरियाका सई यादवले जिल्लामा खबर गरेको बुझिएको छ ।
बालकको खोजी गर्नका लागी शस्शत्र प्रहरी दुधियाभारको टोली ईलाका प्रहरी कार्यालय गरुडा र कटहरियाको टोली र स्थानीय सहित माझीहरुको सहयोगमा करिब ४ घनटा पछि साहको शव फेला परेको एसपी बुढा मगरले बताउनु भयो ।
सो घटना स्थलमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, नेपाली सेनाका प्रमुख सेनानी गंगा बहादुर बिष्ट, सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मि, रौतहटका डिएसपी उमा शंकर यादव, ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी, ओमप्रकाश खनाल पुगेका थिए । बालकको शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल गौर पठाईएको एसपी बुढा मगरले बताउनु भयो ।
गएको शनिबार सोही लालबकैया नदीमा एक जना महिलाको शव फेला परेको थियो ।

16 Push 077 final