इस्लाम धर्मावलम्बीको तेस्रो महान् पर्व मोहरम (दाहा) सम्पन्न

रबिन्द्र प्रजापति, साउन १३ गते रौतहट ।
इस्लाम धर्मावलम्बीको तेस्रो महान् पर्व मोहरम (दाहा) पर्व रौतहटका मुस्लिमले आज (शनिबार) मनाएका छन् । जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ५ पानी टंकी स्थित शनिबार उनिहरुले एकआपसमा लाठी, भाला, फरसा, तलवार तथा झर्नी खेल्दै मोहरम पर्व हर्षोल्लासका साथ मनाएका हुन ।
सो दाहा पर्वमा ईलाका प्रहरी कार्यालय कटहरियाका सई राम छबेला यादवको टोली सहित सशस्त्र प्रहरी दुधियाभारको टोलीले सुरक्षा समेत दिएको थियो ।
विशेषगरी मुस्लिमहरुको बसोबास रहेको जिल्लाका बिभिन्न पालिकाहरुमा दाहा मेलाको आयोजना गरिएको हो । कतिपय गाउँमा खेलाडीहरु बिच लठ्ठी लडाएर प्रतियोगिताको आयोजना गरिएका थिए ।
मुस्लिम समुदायको पर्व भएकाले युवाले समूह–समूहमा भेला भई आफ्नो कलाकौशलसहितको झर्नी खेल खेलेको र दाहा मेलामा मनोरञ्जनात्मक कला प्रदर्शन गर्दै सम्पन्न गरेको छ ।
उनीहरुले झर्नी खेलेर मनोरञ्जन गराएबापत स्थानीवासीले केही दक्षिणा पनि दिएका थिए ।
तीन दिनअघिदेखि मोहरमको चहलपहल सुरु भएकोमा रौतहटको मुस्लिमले मोहरम (दाहा) सम्पन्न गरेका हुन् ।
जिल्लाको गौर, गरुडा, मौलापुर, चन्द्रपुर, बौधिमाई, गुजरा, परोहा, फतुवा विजयपुर, लगायत मुस्लिम समुदायको बाक्लो उपस्थिति रहेका ठाउँमा दाहा मेलाको आयोजना गरिएको छ । यसवर्षको मेलामा शान्तिपुर्वक सम्पन्न भएको मुस्लिम अगुवाहरुले बताएका छन् ।

error: Content is protected !!