सर्लाहीमा चट्याङ लागेर एक जनाको ज्यान गयो

साउन १३ गते सर्लाही ।
सर्लाहीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
सर्लाहीको बलरा नगरपालिका वडा नम्बर १ हथिऔलमा चट्याङ ४६ वर्षीय अर्जुन पटेलको ज्यान गएको हो ।
शनिवार (आज) दिउँसो खेतमा भैँसी चराउन गएको बेला चट्याङ लागेर चट्याङ लागेर पटेल सहित भैँसी पनि मरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

error: Content is protected !!