रौतहटका दुई जना १० किलो गाँजा सहित सर्लाहीमा पक्राउ

रबिन्द्र प्रजापति, साउन १५ गते रौतहट ।
रौतहटका दुई जना १० किलो गाँजा सहित सर्लाहीमा पक्राउ परेका छन ।
पक्राउ पर्नेमा रौतहटको जिल्लाको गरुडा नगरपालिका वडा नम्वर ८ का ४० बर्षिय रामानन्द साह र चन्द्रपुर नगरपालिका वडा नम्वर ५ का २६ बर्षिय मनिष चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
उनीहरुलाई सर्लाही प्रहरीले वागमती नगरपालिकाको वागमतीमा १० किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।
आईतवार साँझ वागमती स्थित इलाका प्रहरी कार्यालयले नियमित चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्व तर्फ गईरहेका प्रदेश–३–०१–०२२ च ६५१५ नम्वरको कारको डिक्कीमा रहेका दुई वटा शंकाष्पद बण्डल नियन्त्रणमा लिएर जाँच गर्दा १० किलोग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखेर लागु औषध ओसारपसार ऐन अन्तर्गत मुद्दामा मलंगवा अदालतबाट म्याद थप गराएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भएको छ ।

error: Content is protected !!