मधेश प्रदेश सरकारमा सहभागी रहेका जनमत पार्टीका दुई जना मन्त्रीले दिए राजिनामा

जनकपुरधाम, १५ साउन ।
मधेश प्रदेश सरकारमा सहभागी रहेका जनमत पार्टीका दुई जना मन्त्रीले राजिनामा दिएका छन् ।
मन्त्रालय खोसेर विना विभागीय मन्त्री बनाइएका जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले जनमत पार्टीको निर्देशनमा राजीनामा दिएका हुन् ।
कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए । त्यसयता दुवै जना विना विभागीय मन्त्रीको रुपमा रहदै आएका थिए ।
दुवैलाई हटाएर अब हुने मन्त्रिपरिषद् विस्तारमा प्रमुख सचेतक चन्दन सिंह र राज्यमन्त्रीका लागि दलितबाट प्रतिनिधित्व गर्न मञ्जु खंगलाई पठाउने तयारी जनमतले गरेको श्रोतले बतायो ।
आजै मधेश सरकारले छैटौं पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको बताइएको छ । गृह सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय मुख्यमन्त्रीले अहिले आफैंसँग राखेका छन् । त्यसबाट एक÷एक वटा मन्त्रालय कांग्रेस र जनमतलाई दिने तयारीमा मुख्यमन्त्री सरोजकुमार यादव रहेको बुझिएको छ । कांग्रेसले गृह तथा सञ्चार र जनमतले श्रम तथा यातायात मन्त्रालय पाउने सम्भावना छ । सभार : तराई टप

16 Push 077 final