कटहरियामा तिन जना बिद्यार्थीलाई उच्चस्तरीय शिक्षा निशुल्क पठ्न पाठनको लागी सम्झौता
रबिन्द्र प्रजापति, साउन १५ गते रौतहट ।
रौतहटको कटहरियामा तिन जना बिद्यार्थीलाई उच्चस्तरीय शिक्षा निशुल्क पठ्न पाठनको लागी सम्झौता गरेका छन ।
सोमबार कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले नगरका विद्यालयहरुबाट एसईई मा उतिर्ण भएका मध्ये ३ जना बिद्यार्थीलाई उच्चस्तरीय शिक्षा निशुल्क पठ्न पाठनको लागि प्रक्रिया अगाडी बढाउनु भएको छ ।
सोमबार एक कार्याक्रमका बिच लुम्बिनी एकेडेमी फाउन्डेसन काठमाडौंसंग छात्रवृति सम्झौता गरेका शिक्षा संयोजक सुरेन्द्र ठाकुरले बताउनु भयो ।
नगरभरिका माध्यमिक विद्यालयका प्रधानध्यापक संग बसि छनौट प्रक्रिया अगाडि बढाउने कार्य भइरहेको संयोजक ठाकुरले बताउनु भयो ।
चुनावी प्रतिबद्धता अनुसार नगरप्रमुख जयसवालले शिक्षा स्वास्थ्य कृषि लगायत भौतिक पुर्वाधार निर्माणकार्यलाई पनि गति दिएको संयोजक ठाकुरले बताए । नगरका महत्त्वपूर्ण योजनाहरु लाई समेत प्राथमिकतामा राखी अगाडि बढाउने उनले बताए ।