सर्लाहीमा बलात्कार गरी फरार रहेका एक जना ११ बर्ष पछि पक्राउ

साउन १७ गते सर्लाही।
सर्लाहीमा बलत्कार गरी फरार रहेका एक जना ११ वर्ष पछि पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सर्लाहीको साबिक बरहथवा गाविस वडा नम्वर ७ घर भएका उदयकुमार पंडित कुम्हार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार कुम्हारले छिमकीको ६ बर्षिया नबालिका छोरीलाई बलात्कार गरेको आरोपमा फरार रहदै आएका अभियुक्तलाई गाउँमै लुकीछिपी बसिरहेको सुचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले कम्हारलाई पक्राउ गरेको हो ।
बलात्कार मुद्दामा सर्लाही जिल्ला अदालतले २०६९ साल असार ३१ गते १२ बर्ष कैद र ५० हजार जरिवानाको निर्णय गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले बताए । पक्राउ गरिएका कुम्हारलाई अदालत समक्ष पेश गर्दा कैद सजाय भुक्तानको लागि सिन्धुली कारागार पठाइएको गरिएको डिएसपी थारुले जानकारी दिए ।

error: Content is protected !!