रौतहटमा बिजुलीको खम्बामा बाँधेर कुटपिट गर्ने अन्सारी पक्राउ

साउन १७ गते रौतहट ।
रौतहटमा बिजुलीको खम्बामा बाँधेर कुटपिट गर्ने एक जना पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका वडा नम्वर ३ पोखरिया टोल स्थित मस्जिदको छेउमा बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको भिडियो विभिन्न मिडिया तथा समाजिक संजालमा भाइरल हुँदा प्रहरी स्वस्फूर्त रुपमा उक्त घटनालाई संज्ञानमा लिई हातिम अन्सारीको ३८ बर्षिय छोरा साजिद अन्सारीलाई पक्राउ गरी म्याद थप गराई अनुसन्धान भईरहेको जनाएको हो ।
प्रहरीले जारी गरेको विज्ञप्तीमा पिडित व्यक्तिको नाम सार्वजनिक गरेको छैनन । सम्बध निकायबाट म्याद थप गरेर अनुसन्धान कार्य भईरहेको जनाएको छ तर कुन कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको हो भने प्राष्ट पारिएको छैनन् जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएका छन् ।
गत शुक्रवार पोखरिया टोली निवासी गौर नगरपालिकाको पूर्व उपप्रमुख शेख इश्राइलको २० बर्षिय छोरा प्रिन्स अन्सारीको स्थानीय केही व्यक्ति संग झै झगडा भएका थिए । सोही झगडाको रिसिइवीका कारण आइतवार अन्सारीको घरमा कोही नभएको मौका छोपी घर बाहिर रहेका अन्सारीलाई विजुलीको पोलमा बाँधेर प्लाष्टिकको पाइप, मुक्का, लात्तीले कुटपिट गरिएको श्रव्य दृष्य कुनै व्यक्तिले खिचेर समाजिक संजालमा राखेपछि भाइरल बनेका थिए ।
भाइरल बनेको भिडियोमा त्यस वडाका वडाध्यक्ष अन्सारुल भन्ने अब्दुल ताहिरको उपस्थितिमा भएको आरोप लगाइयो । यस बारे वडाध्यक्ष ताहिरले आफनो कुनै संलग्नता नरहेको तथा आफू बजारबाट तरकारी किनमेल गरेर फर्किदै गर्दा छुटाउनमा मद्दत गर्दा उल्टै मेरो नाम बदनाम एवं चरित्र हत्या गर्न खोजिएकोमा आपत्ती जनाए ।

error: Content is protected !!