बागमती नदीमा बाढिको खतरा, रौतहट र सर्लाहीका बासिन्दालाई सतर्क रहन आग्रह

साउन २३ गते रौतहट ।

सर्लाही र रौतहटको सीमा भएर बग्ने बाग्मती नदीको बाढीले खतराको तह पार गरेको छ ।

बाढीले क्षति पुर्‍याउन सक्ने भएकाले रौतहट र सर्लाहीका नदी किनारका बासिन्दालाई बेलुकासम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको सूचना अनुसार बाग्मतीको पधेंरादोभान (कर्मैया) जलमापन केन्द्रमा बाढीले खतराको तह पार गरेको देखाएको हो । बाढीको सतह बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

error: Content is protected !!