रौतहटको कटहरिया गम्हरीया जाने बाटो बिहानदेखि अवरुद्ध

रबिन्द्र प्रजापति, रौतहट । साउन २३ गते ।
अविरल वर्षासँगै लालबकैया नदीमा आएको बाढीले रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ४ देखि गम्हरीया जानेबाटो अवरुद्ध भएको छ । सोमबार विहान देखिको लगातार भईरहेको अबिरल वर्षासँगै लालबकैया नदीमा आएको बाढीले कटहरिया देखि गम्हरीया आवागमन ठप्प भएको हो ।
कटहरिया गम्हरीया सडकखण्डको लालबकैया नदीको पुल भन्दा करिब १ किलो मिटर पश्चिमपट्टी मुख्य बाटो अवरुद्ध भएको थियो । बिहान देखि अवरुद्ध भएको बाटो दुईसो करिब ४ बजे देखि यातायात सञ्चालनमा आएको छ ।
लालबकैया नदीमा आएको बाढीको पानी बाटो माथी नै भएर बग्न थालेपछि सो बाटो बिहान देखि अवरुद्ध भएको थियो । बाटो माथी भएर बाढीको तीन फिट भन्दा बढी पानी चलेको छ । जसका कारण यातायात सञ्चालन पुर्ण रुपमा बन्द भएको थियो ।
उक्त बाटो अवरुद्ध भएपछि सो क्षेत्रका हजारौं मानिसलाई कलैया बिरगञ्ज आउनजान १५ किलोमिटर घुमाउरो बाटो जानुपर्ने बाध्यता भएको केहि स्थानियहरुले बताए ।
अविरल बर्षाको कारण जिल्लाको केही भाग डुबानमा परेको छ भने ग्रामीण भेगको बाटो हिलामय भएर आवतजावत गर्न कठिनाइ भएको छ ।

error: Content is protected !!