रौतहटमा डुबनमा परेका ब्यक्तिलाई प्रहरीले उद्दार गर्न सफल

रबिन्द्र प्रजापति, रौतहट । साउन २३ गते ।
रौतहटमा डुबनमा परेका ब्यक्तिलाई प्रहरीले उद्दार गर्न सफल भएका छन ।
अविरल बर्षासँगै आएको बाढीमा डुबेका एक ब्यक्तिलाई रौतहट प्रहरीले उद्दार गरेको छ ।
मंगलबार रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ८ बुनियाद गाँउमा लालबकैया नदीको पानी प्रवेश गरेको थियो । गाउँमा प्रवेश गरिएको लालबकैयाको पानीले गाँउनै डुवानमा परेको छ ।
सो गाउमा करिव ५० ५५ घरधुरी रहेको र सबै घरहरु डुवानमा परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सोही क्रममा सोही ठाँउका ६५ बर्षका लाल बहादुर चौधरी डुवानमा परेको अबस्थामा स्थानियहरुको सहयोग र प्रहरीको सहयोगमा चौधरीलाई सकुशल उद्दार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
स्थानियले बिहान करिब १० ३० बजे गाउँ डुवानमा परेको जानकारी दिनासाथ ईलाका प्रहरी कार्यालय लक्ष्मीनियाका प्रहरी निरिक्षक अरविन्द कुमार साहको कमाण्डमा ७ जनाको प्रहरी टोली घटना स्थलमा पुगेका थिए ।

error: Content is protected !!