कटहरिया प्राथमिकमा निःशुल्क औषधी वितरण कार्य शुरु, एक दिनमा सयौं जना बिरामीले गराए उपचार

रबिन्द्र प्रजापति,रौतहट । साउन २४ गते ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा आँखा पाक्ने रोगको चेकजाँच तथा आँखा पाक्ने रोगको बिरामीलाई निःशुल्क औषधी वितरण कार्य शुरु गरिएको छ ।
यतिखेर देशैभरीको अधिकान्श ठाँउमा भाईरल ईनफेक्सन जस्तै फैलिरहेको बेला कटहरिया नगरपालिका प्रमुख अजय प्रकाश जयसवालले प्रथमिक स्वास्थ केन्द्र कटहरियामा निःशुल्क आँखा चेकजाँच सेवाको मंगलवारबाट सुरुवात गरेका छन् ।
नगरका आम सर्वसाधारण जनतालाई कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रमा चेकजाँच गराउन तथा आँखा पाक्ने समस्या भएमा बिरामीलाई निशुल्क औषधी लिन सबैमा नगर प्रमुख जयसवालले आग्रह समेत गरेका छन । नगर प्रमुख जयसवाल र उप प्रमुख रिता देवी यादवले मंगलबार आफ्नो आँखा चेकजाँच गराई शुरुवात गरेका हुन ।
मंगलबार एक सय भन्दा बढी ब्यक्तिले आफ्नो आँखा चेकजाँग गराइएको प्रथमिक स्वास्थ्य केन्द्र कटहरियाका कार्यालय प्रमुख डा। धर्मेन्द्र कुमार पटेलले बताउनु भयो । डा। पटेलका अनुसार ९आज० बुधवार पनी सयौंको संख्यामा आँखा पाक्ने रोगका बिरामीले चेकजाँच गराएको हो ।
कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवालले आँखा पाक्ने रोगका बिरामीहरुलाई बाच्नको लागी गत २१ गते आईतबारका दिन औषधी उपलब्ध गराएको थियो ।

error: Content is protected !!