रौहतटका सुरक्षा प्रमुखहरुद्वारा कटहरिया लालबकैया नदी कटानको निरीक्षण

रबिन्द्र प्रजापति, रौतहट । साउन २४ गते ।
रौतहटमा सुरक्षा प्रमुखहरुले नदी कटानको निरीक्षण गरेका छन ।
रौतहटमा निरन्तर वर्षा भएर नदीमा जलस्तर बढेको र आएको बाढी लालबकैया बाँधको विभिन्न ठाँउमा कटान हुन लागेको छ ।
९आज० बुधबार कटहरिया नगरपालिका वडा नम्बर १ भसेडवा पानी टंकीको पश्चिमपट्टी रहेको लालबकैया नदीको बाँध कटान भएको छ ।
बाँध कटान भएको खबर पाएपछि जिल्लाबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, नेपाली सेनाका प्रमुख सेनानी गंगा बहादुर बिष्ट, सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मि, रौतहटका एसपी बिरबहादुर बुढा मगर, कटहरिया नगरपालिकाकी उप मेयर रिता देवी यादव, नि। प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साह, लयाएत स्थानीय जनप्रतिनिधिहरुले बुधवार निरीक्षण गरेका छन्।
निरीक्षणकै क्रममा लाल बकैया नदी नियन्त्रण कार्यालयको प्रमुखलाई अनुगमन टोलीले बकैया नदीले बर्षेनी बाँध कटान र त्यसबाट हुने सम्भावित खतराबाट त्रसित बनेका स्थानीय बासिन्दाहरुको चिन्तालाई समाप्त पार्ने दिशामा काम हुनु पर्ने निर्देशन दिएका छन्। तत्काल बोरामा माटो राखेर बाँसले बाँधलाई मर्मत गरिएको छ ।
जिल्लाको पूर्वी क्षेत्रमा बागमती नदी र मध्यपश्चिमी क्षेत्रमा बकैया नदीले गर्दा रौतहटमा हरेक वर्ष बाढी, डुबान तथा कटानको समस्या हुने गरेको छ। रौतहट जिल्लामा बाढी, डुबान र कटानको समस्या समाधान हुनुपर्ने स्थानीयको माग रहेको छ।

error: Content is protected !!