कटहरिया नगरपालिकामा शिक्षकहरुले बुझाइयो ज्ञापन पत्र

रबिन्द्र प्रजापति, रौतहट । साउन २८ गते ।
रौतहटको कटहरिया नगरपालिकामा आईतवारका दिन शिक्षकहरुले ज्ञापन पत्र बुझाइएको छ । नेपाल शिक्षक महासंघको राष्ट्रिय समिति द्वारा निर्धारित समय अनुसार कटहरिया नगरपालिकामा आन्दोलनको पहिलो चरणमा धर्ना कार्यक्रमरहेको थियो ।
कटहरिया नगरपालिकालाई आईतबार शिक्षक शिक्षिकाहरुले ज्ञापन पत्र बुझाईएको हो ।
नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिद्वारा घोषित आन्दोलन अन्तरगत पालिकास्तरीय धर्ना कार्यक्रम आज कटहरिया नगरपालिकाको प्राङगणभित्र शिक्षक र बालबिकास तथा विधालय कर्मचारीहरू लगाएत नेपाल शिक्षक महासंघमा आबद्व घटक पेशागत सांस्थाका पदाधिकारीहरू धर्ना दिई विरोध समेत जनाएको छ ।
शिक्षकहरुले नगरपालिकाकी उप मेयर रिता देवी यादव र नि. प्रमुख प्रशासकिय अधिकृत राम प्रकाश साहलाई ज्ञापन पत्र बुझाईएको श्री जनता मा.बि. कटहरियाका प्रधानध्यापक सचिन्द्र प्रसाद यादवले जानकारी दिनु भयो ।
नेपाल सरकार संग नेपाल शिक्षक महासंघले विभिन्न समयमा विभिन्न किसिमको समझौता गरेको छ । त्यो समझौता आज सम्म कार्यान्वयन नभएको श्री जनता मा. बि कटहरियाका प्र.अ. यादवले बताउनु भयो ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति र नेपाल सरकार बिच विभिन्न समयमा भएको सहमति पत्रहरुको छायाँप्रति पत्रमा उल्लेखित रहेको छ ।
३० गते मंगलबारका दिन शिक्षा बिकाश समान्वय ईकाई रौहतटमा ३२ गते बिहीबार समाजि बिकाश मन्त्रालयमा र भदौ १ गते शुक्रबार प्रदेश तथा संघीय संसद वा प्रदेश संसदलाई समझौताको प्रतिलिपि बुझाईने संघीय शिक्षा एैन निर्माणमा बिद्यालय शिक्षा र शिक्षक कर्माचारीहरुको माग सहित पक्षीकरणमा सहयोग गर्न आग्रह गर्ने कार्याक्राम रहेको प्रधानध्यापक यादवले बताउनु भयो ।

error: Content is protected !!