जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,२८ साउन। रौतहटको गौरमा नेपाल प्रहरी श्रीमति संघको ३९ औं वार्षिक उत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा आयोजित रक्तदान कार्यक्रम नवनिर्मित भवनको सभाहलमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा लगभग ८० जनाले रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रममा सहभागी रहेका जनपद प्रहरी, ट्राफिक प्रहरी, गौर नगरपालिकाका नगरप्रहरी लगायत अन्य व्यक्तिहरुले पनि रक्तदान गरेका थिए ।

नेपाल प्रहरी श्रीमति संघ केन्द्र कार्यालयबाट आएको निदेर्शन अनुसार विभिन्न कार्यक्रमको आयोजना गरि आईतवार ३९ औं वार्षिक उत्सव मनाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख, प्रहरी उपरिक्षक बीरबहादुर बुढामगरले बताए। आरडिसि नेपाल रौतहट, नेपाल रेडक्रस सोसाइटी रौतहट र न्यू उज्यालो युवा क्लब रौतहटको सहयोगमा आजको रक्तदान कार्यक्रम सम्पन्न गरिएका थिए ।

प्रहरी नायब उपरिक्षक उमाशंकर प्रसाद यादवले रक्तदान गर्दै भने रक्तदान जीवनदान हो उनले बताए । तपाईले गर्नुभएको रक्तदानले कसैको ज्यान बचाउन प्रयोगमा आउने भएको कारण प्रत्येक नागरिकले रक्तदान गर्नु पर्ने यादवले बताउए । साथै स्वास्थ्यको लागि पनि रक्तदान उपयोगि भएको बताउदै आम जनसमुदायलाई पनि सक्दो रक्तदान गर्न अपिल समेत गरेका हुन् ।

यसअघि नेपाल प्रहरी श्रीमती संघको ३९ औं बार्षिक उत्सवमा बिहिबार रौतहट प्रहरीले वृक्षा रोपनका कार्यक्रमको आयोजना गरेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटको परिसर भित्र बृक्षारोपन कार्यक्रम सम्पन्न भएको थियो । उक्त वृक्ष रोपन कार्यक्रममा प्रहरी उपरीक्षक बिरबहादुर बुढामगर, प्रहरी निरीक्षक बिन्देश्वर यादव, लेखा प्रमुख नेत्र काफ्ले लगायत अन्य प्रहरी टोलीहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी आज भएको रक्तदान कार्यक्रममा प्रहरी उपरिक्षक(एसपी) बीरबहादुर बुढामगर, प्रहरी नायब उपरिक्षक उमाशंकर प्रसाद यादव, प्रहरी निरिक्षक दिनेश बहादुर कुवँर , आरडिसि नेपाल रौतहटका अध्यक्ष पारस हुसैन, कोषाअध्यक्ष ममता झा, नेता राजकिशोर यादव लगायत अन्य व्यक्तिहरुको सहभागित र उपस्थिति रहेको थियो ।

error: Content is protected !!