रौतहटमा एक जनाको शव फेला

रबिन्द्र प्रजापति, साउन ३१ गते रौतहट ।

रौतहटमा एक जनाको शव फेला परेको छ । जिल्लाको कटहरिया नगरपालिका -८ मा आज बिहान पिरुषको शव फेला परेको छ ।

बुधबार विहान ७ बजे पोखरियाबाट बलुवा जाने बाटो छेउमा कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरिया निवासी बुनिलाल माझीको छोरा २० वर्षीय तिमन भन्ने राम अनंदी माझी रहेको ईलाका प्रहरी कार्यलय गरुडाले जानकारी दिएको छ । शवको मचुल्का गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको ईलाका प्रहरी कार्यलय गरुडाका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । घटनाबारे कसरी भयो भन्ने खुलेको छैन यस सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी खनालले जनाएको छ ।

error: Content is protected !!