गरिब भएपनि सहयोग गर्ने ईच्छा मानिसमा हुनु पर्छ : युवा नेता यादब

रमेश कुमार यादब, भदौं ०१गते । रौतहट ।
रौतहटको अमरट्टीका एक समाजसेवी युवाले खेलकुद समाग्री बितरण गर्नु भएको हो। गरुडा नगरपालिकाको वार्ड नं.४ गरुडा स्थित रहेको श्री बंशीराम जैसवाल अनाथालयलाई खेलकुद समाग्री हस्तान्तरण गर्नु भएका छन ।सोहि नगरपालिकाको वार्ड नं.६ अमरपट्टी निवासि समाजसेवी युवा नेता रबिन्द्र प्रसाद यादबले आफ्नो निजि लगानीमा करिब १५ हजार बराबरको खेलकुद समाग्री श्री बंशीराम जैसवाल अनाथालयलाई एक कार्यक्रम बिच हस्तान्तरण गर्नु भएको हो ।हस्तान्तरण कार्यक्रमको सम्बोधन गदै युवा नेता रबिन्द्र यादबले पत्रकारसंग भने कि यस्ता समाजिक कार्य गर्न मलाई धेरै नै खुसि लाग्छ ।हामि गरिब भएपनि दिनदुखि गरिब परिवारलाई सहयोग गर्ने भावना हामिमा रहेको बताउनु भयो ।युवा नेता यादबले भने मानिस ठुलो दिलले हुन्छ जातले ठुलो हुदैंन भन्दै गरिब भएपनि सहयोग गर्ने ईच्छा हुनु पर्यो भगवानले स्वयम् ब्यस्था गर्दिनु हुन्छ ।त्यसैले वहाँले भने यति मात्र नभएर गरिब दिन दुखि असाहाय परिवारलाई सधै म सहयोग गर्दै आईरहेको छु बताउनु भयो ।त्यसमा पनि रौतहट जिल्लाको गरुडा नगरपालिकाको मध्यभागमा अवस्थित तथा ब्यापारिक नगरी भनि चिनिने गरुडामा एक मात्र अनाथालय रहेको हो जसमा अहिले करिब ३० जना अनाथ बालबालिका रहेका छन ।यस अनाथ टुहुरा आमाबुवा नभएको बालबालिकालाई हामि जस्ता युवाले नदेख्ने हो भने कसले यसलाई देख्छन भनि बताउनु भएको थियो ।त्यसतै यस अनाथालयका बालबालिकाहरुलाई बर्षातको समयमा,मनोरञ्जन गर्न र समय बिताउन गाह«ो परेको हुनाले सो कुराको मध्यनजर गर्दै म आफ्नो निजि लगानीमा ३ थान क्यारमबोर्ड ,पिंङ्ग ,फुटबल ,भलिबल ,ब्याट ,बल ,ब्याडमिन्टन,चेस लगायत करिब १५ हजार रुपैंयाका समाग्रीहरु हस्तान्तरण गरेको बताउनु भयो । पढाई लेखाईको साथसाथै खेलकुद पनि जिवनमा अति नै आवश्यक रहेको बताउदैं यादबले खेलले पनि मानिसको शरिरलाई गतिलो,फ्रुतिलो ,दिमागलाई चलायामान बनाउने गर्दछ ।त्यस कारण बिधार्थीको जिवनमा पढाईलेखाई आवश्यक हो भने त्यसतै खेलकुद पनि एक जिवन भिन्न अङ्ग समेत रहेको छ । त्यति मात्र नभएर आउँदो दिनमा पनि यस बंशीराम जैसवाल अनाथालयलाई अझै सहयोग गर्नै प्रतिबद्धता जनाउनु भएको थियो । त्यसतै सोहि कार्यक्रममा सोहि नगरपालिकाको वार्ड नं।२ को वडासदस्य सोभि सहनीले यस्ता सराहनिय कार्य गरेको हुनाले समाजसेवी युवा नेता रबिन्द्र यादबलाई धन्यबाद दिदै भने आजकलका युवाहरु यस्ता उमेरमा चरस,गाँजा ,आगुऔषध ,रक्सिमा लिन रहेको अबस्था सबैमा अवगत नै छ तर रबिन्द्र यादबले आफ्नो कमाईको रुपैँया गरिब ,असाहाय ,दिन दुखिहरुको सहयोग गर्नमा नै ब्यस्त रहेको हुँदा भगवानले वहाँप्रति अझै शक्ति प्रदान गरुन् कि यो भन्दा अझै ठुलोठुलो काम गरोस र समाजलाई प्रगतिउन्नती तिर लागोस भनि बताउनु भएको थियो ।युवा नेता रबिन्द्र यादबले त्यति मात्र नभएर समाजमा औषधी छर्न किसानी टंकी बितरण ,छाता बितरण ,कम्बल बितरण ,सय भन्दा बढि बालबालिकालाई निशुल्क टिउसन अध्यापन गराउने ,कतिपय होटलमा काम गर्ने बालबालिकाहरुलाई समेत लिएर बोडिङ्ग स्कुलमा आफ्नो निजि लगानीमा पढाउने गर्ने गरेका जस्ता कार्यहरु गरिरहनु भएको वाडासदस्य सोभि सहनीले बताउनु भएको थियो ।कार्यकममा अमिन्द्र यादब ,बृजकिशोर सहनी ,श्याम सहनी ,शेख सन्ताज ,रामनरायण साह ,उपेन्द्र यादब ,बुद्धजिवी ,नागरीक समाज लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

error: Content is protected !!