जग्गाको नक्कली कागजातको आधारमा चार किल्ला प्रमाणित गरेको आरोप

रबिन्द्र प्रज‍ापति,भदौ ७ गते रौतहट ।
राैतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिकाको एक वडामा ताला बन्दी भएको छ । कटहरिया नगरपालिका वडा नम्बर १को कार्यालयमा स्थानियहरुले ताला बन्दी गरेका हुन। कटहरिया नगरपालिका वडा नं. १ भसेढवा स्थित विभिन्न ४ कितामा रहेका नाै विगहा दस कठ्ठा नेपाल सरकारको एलानी जग्गाको नक्कली लालपुर्जा लगायतका कागजातको आधारमा चार किला प्रमाणित गरेको विरुद्धमा वडा कार्यालय मा ताला बन्दी गरेको पिडीत दिनेश दासले बताए । सो जग्गामा बर्षाै देखि स्थानीय २ सय १० परिवार बस्दै आएका छन ।
वडा अध्यक्ष भुपेन्द्र महताेले भु-माफियासंग मिलि भगत गरि एलानी जग्गाको नक्कली कागजातको आधारमा चार किल्ला प्रमाणित गरेको आरोप लगाउदै स्थानियले तालाबन्दी गरेकाे हो । वडा अध्यक्षले हामीलाई घरवारविहीन बनाउन लागेकाे स्थानीयले आराेप लगाएका छन ।वडा कार्यालयले चार किला प्रमाणित गरेपछि उक्त जग्गा बिक्री वितरणको बाटो खुलेको आरोप लगाउदै स्थानीय आन्दोलित भएको छ। यसकाे बारेमा वडा अध्यक्ष भुपेन्द्र महताेसंग जानकारी लिदा जग्गा को नम्बरी लालपुर्जा र नगरपालिकामा मालपोत तिरेको रसिद ल्याएपछि आफुले चार किला प्रमाणित गरेको बताए । आफुले कुनै पनि जनतालाई घरबार विहिन हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन ।

error: Content is protected !!