रौतहट: ट्रकको ठक्कर बाट एक महिलाको मृत्यु

रौतहट,०७ भदौ ।रौतहटमा ट्रकको ठक्कर बाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पुर्वपच्छिम राजमार्ग अन्तर्गत चन्द्रपुर(१ मा ट्रकले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ। पच्छीम बाट पुर्व जाँदै गरेको ना ५ ख १५०० नम्बरको मालवाहक ट्रकले ठक्कर दिदा चन्द्रपुर १ का अन्दाजी ५५ वर्षीय बिमला कुमारीको मृत्यु भएको हो ।
पहिला ठक्कर मात्र दिएको र जानी जानि गाडी पछाडी गरेर मारेको भन्दै स्थानीयले ट्रक मा आगजनी गरेका हुन। ट्रकका चालक फरार रहेका छन भने सहचालकलाई प्रहरिले नियन्त्रणमा लिएको छ। आगजनी भएको ट्रकको आगो निभाउन आएका चन्द्रपुर नगरपालिकाको वरुणयन्त्र समेत स्थानीयहरुले टोडफोड गरेका छन। पुर्व पच्छिम राजमार्ग अवरुद्ध छ भने स्थानीय आन्दोलित भएका छन।

error: Content is protected !!