टिकटक स्टारको नाममा अश्लिल गितमा खुल्याम केटीहरु नाच्दै, प्रहरी प्रशासन मुखदर्शक

बौधिमाई न्यूज डेक्स भदौ २२ गते रौतहट।
टिकटक स्टारको नाममा अश्लिल गितमा खुल्याम केटीहरु नाच्दै छ भने प्रहरी प्रशासन मुखदर्शक बनेको पाइएको छ ।

रौतहटमा टिकटकको नाममा नबालीक केटीहरुलाई नचाईरहेको पाईएको छ । जिल्लामा अहिले बिभिन्न प्रकारका मेला महोत्सव लागी रहेको छ । उक्त मेला महोत्सव सहित बिभिन्न सांस्कृती कार्यक्रमको नाममा नाचगानको लागी टिकटकको नाममा नबालीक केटीहरुलाई नचाईरहेको पाईएको छ ।


जिल्ला प्रशासन कार्यालयले अश्लिल गितमा नाचगान तथा रातिको समयमा ठुलोस्वरमा डिजे बाजा बजाउन निषेध गरिए भएपनि अहिले खुुल्याम रुपमा प्रहरी प्रशासानको संरक जनप्रतिनिधि र मन्त्रीहरुको रोहबरमा समेत भोजपुरी अश्लिल गितहरुमा खुल्याम टिकटकीया स्टार भन्ने १५÷१६ बर्षकी केटीहरुलाई नचाईरहेको छ ।


जिल्ला प्रशासनको आज्ञालाई अपहेल्ना गर्दै खुल्याम रुपमा नाचगान सहित समाजमा नकरात्मक कुुराहरु फैलाईरहेको छ । हाम्रो समाजलाई सुधार गर्ने र घटिरहेका घटनाहरुलाई नियन्त्रण गर्न प्रहरी प्रशासन तथा समाजका अगुवा मानिसहरुलाई जिम्मा दिने गरिन्छ ।

तर सोहि मानिस रक्षक नभएर समाजको भक्षक हुँदा समाजलाई कसले सुधार्ने कुराहरु प्रस्ट देखापर्न थालेका छन । अहिले आरकेष्टा त बन्द हुन पुुगे तर त्यसको नाममा टिकटकीया स्टार भनिने केटीहरु भोजपुरी अश्लिल गितहरुमा नाच गर्दै अंग प्रदर्शन समेत गरिरहेका छन ।


त्यति मात्र नभएर निर्वाचित जनप्रतिनिधि तथा मन्त्रीहरुको रोहबरमा यस्ता कार्यहरु भईरहेको छ । कृष्णा जन्मष्टमी मेलाको उपलक्ष्यमा शुक्रबार गढिमाई नगरपालिकाको वार्ड नं।१ समनपुर बजार ठुलो स्टेज बनाई मधेश प्रदेशको ऊर्जा सिंचाई तथा खानेपानी मन्त्रालयका राज्य मन्त्री अबुल कलाम अजाद उर्फ फुलबाबु र सोहि वार्डको वडाअध्यक्ष रामपुकार यादब समेतको रोहबरमा वहाँहरुको आखाँ अगाडी बिभिन्न भोजपुरी अश्लिल गितहरुमा टिकटकीया स्टार भनिने नबालीक केटीहरुलाई खुल्याम रुपमा नचाईरहेको पाईएको थियो
उनीहरु एउटा जिम्मेवार ब्यतिm भएर यस्ता कार्य गर्दा र समाजका स–साना बालबालिका लगायत अभिभावकहरुसंग बसेर रमाउँदा यस्ता जनप्रतिनिधिहरुको आलोचना समेत हुन पु्गेको छ ।

एउटा जिम्मेवार ब्यतिm भएर यस्ता कार्य गर्ने,गराउनेलाई रोक लगाउन कहाँ हो कहाँ तर उनीहरु स्वयम् बसेर यस्ता कार्य गर्दा निन्दनिय रहेको स्थानियहरु बताएका छन ।
जिल्लामा केहि दिन अगाडी नेपाल रेडक्रस सोसाईटी संस्थाका उपसभापति निलु झा लगायत वहाँका समुहहरुले टिकटक बन्द गर्न भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रालाई ज्ञापनपत्र समेत बुुझाएका थिए ।

तर पनि जिल्ला प्रशासनले कुुनै चासो नदेखाएको प्रति उपसभापति झाले आपति समेत जनाएका छन ।
त्यस कारण यस प्रति सम्बन्धित निकायहरुको ध्यान जाओस र समाजमा टिकटकको नाम पनि अंग प्रदर्शन गर्ने गरेको छ ।

यसले गर्दा समाजका स–साना केटाकेटीहरुमा समेत नकरात्मक असर पर्ने गरेको छ । कतिपयको टिकटक बनाउने क्रममा ज्यान समेत गएको पाईएको छ ।

error: Content is protected !!