सांसद बिन्दु यादवको निधन

समाजवादी पार्टी (जसपा)की मधेश प्रदेश सांसद सांसद विन्दु कुमारी यादवको निधन भएको छ । ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो ।

उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत थिइन् ।

जसपाकी केन्द्रीय सदस्य समेत रहेकी उनको आज बिहान साढे ८ बजे मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरका निर्देशक एवम स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। रामनरेश पण्डितले जानकारी दिए ।

यादव समानुपातिक सांसद थिइन् । दोस्रो मधेश आन्दोलनमा उनको सक्रिय भूमिका थियो ।

error: Content is protected !!