रौतहटको होटेलहरुमा यौन व्यवसाय फस्टाउँदै

भदौ २૪ गते रौतहट । रौतहटको अधिकाश ठाउँमा यौन व्यवसाय बढ्दै गएको छ । रौतहटको होटलहरुमा प्रहरीको मिलोमतमा यौन धन्धा बढ्दै गएको हो । पछिलो समय जिल्लाको विभिन्न चर्चितको रुपमा चिन्हिने बजारहरुमा यौन व्यवसाय फस्टाउँदै गएको देखिएको छ। जिल्लाको चन्द्रपुरमा पछिल्लो समय त्यहाँका स्थानीय होटल तथा रेस्टुरेन्टमा यौन व्यवसाय बढ्दै गएको स्थानीयवासी बताउँछन् । चन्द्रपुरको हाईबे राजमार्गमा केही नाम चलेका होटलका अलावा अधिकांश रेस्टुरेन्ट तथा होटलमा यौन व्यवसाय निर्वाधरुपमा चलिरहेपनि रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रहरी प्रशासनले ध्यान नदिएको स्थानीयहरुको भनाइ छ । स्थानीय गणेश लामाले चन्द्रपुरका केही रेस्टुरेन्ट तथा होटेलमा यौन व्यवसाय चरम सीमामा पुगिसकेको बताए । ती होटलमा हुँदै आएको देह व्यापार रोक्न प्रहरीलाई पटक–पटक ताकेता गर्दापनी प्रहरीले कुनै सुन्वाई नगरेको लामाको आरोप छ । यौनजन्य क्रियाकलाप हुने होटेल तथा लजको वरपरका बासिन्दा झन आजित भएको स्थानीय ओमबहादुर थिङ्गले बताएका छन । उनले भने,मेरो घरनजिकैको लजमा यौनजन्य क्रियाकलाप हुन्छ, लजमा यौनकर्मी महिलाको ग्राहक बनेर आउने केही पुरुष लज सम्झेर मेरै घरको ढोका ढक्ढकाउन थाल्छन् । बढी लोभको कारण होटल तथा लजका संचालकहरुले १५÷१६ बर्षसम्मको केटीहरुलाई बोलाई देह ब्यापार गराउने गराएको आरोप लगाएका छन । त्यति मात्र नभई जिल्लाको गौर ,गरुडा ,डुमरिया जस्ता चर्चित ठाउँहरुमा यौन ब्यवसाय दिनानुदिन फस्टयाउदै गईरहेको छ । यता जिल्लाको चर्चित बजारको रुपमा रहेको कटहरियामा पनी यौन धन्धा भईरहेको स्थानियहरुले बताउनु भएको छ । कटहरिया बजार देखि पानी टंकी जाने बाटोमा एक स्यथानिको घरमा यौन धन्धा भइरहेको जानकार ब्यक्तिहरुले बताउनु भएको छ । यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरका प्रहरी उपरिक्षक एसपि महेन्द्र कुमार श्रेष्ठसंग सोध्दा बजारमा देह ब्यापार भईरहेकोबारेमा आफुलाई जानकारी नभएको बताए । तर वहाँले यस्तो गतिबिधि जारी रहेको हो भने आफुले स्थानिय प्रहरीलाई तत्काल नियन्त्रणका लागी निर्देशन दिने समेत बताउनु भयो ।

error: Content is protected !!