कटहरियामा छुरा प्रहारबाट एक जनाको मृत्यु, दुई महिला सहित ५ जना पक्राउ

रबिन्द्र प्रजापति, भदौ ३० गते रौतहट । रौतहटको कटहरिया नगरपालिकामा एकजनाले आफ्नै छिमेकीमाथि धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेका छन् ।शुक्रबार राति बेलुकी ७:३० बजे कटहरिया नगरपालिका वडा नम्बर ५ कटहरिया बस्ने मदन राय यादवको छोरा शुनिल राय यादवलाई सोही वडा बस्ने रामबाबु साह सोनार को छोरा बद्री साह सोनारले धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सइ रामछबेला यादवले जानकारी दिनु भयो । यादव र सोनार बिच झडप हुँदा सोनारले यादवको देब्रे कोखामा  छुरा हानेर हत्या गरेका हुन । छुरा प्रहार गरे पछि स्थानियहरुले उपचारकालागी कटहरियास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउदा चिकित्सकले मृत घोषना गरेको सई यादवले बताउनु भयो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कटहरिया ५ का रामबाबु साह सोनार,बद्री साह सोनार, लक्षमी साहको छोरा २३ वर्षीय संजय साह सहित २ जना महिलालाई नियन्त्रणमा लिएको सई यादवले जानकारी दिनु भयो छ। मृतक यादवको शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल गौर पठाईएको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले बताए। दुवै परिवारका बालकहरुबीच शुक्रवार खेल्ने क्रममा भएको सामान्य  गालीगलौजको विषयलाई लिएर भनाभन हुँदा झड्प भएको थियो । घटनामा रामबाबु साह, लक्षमी साह दाजुभाईको परिवारको अन्य केही सदस्यको संलग्नता रहेको तथा उनीहरूको खोजी भइरहेको डिएसपी खनालले जानकारी दिए।पक्राउ परेकाहरुले लागुऔषध प्रयोग गर्ने गरेको स्थानीयहरूले बताएका छन्।

error: Content is protected !!