रौतहटमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

रबिन्द्र प्रजापति,भदौ ३० गते रौतहट ।
रौतहटमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ५ सन्तपुर बजारमा शुक्रवार दुइसो करिव अढाई बजेको समयमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा घटनास्थलमै एक जनाको मृत्यु भएको प्रहरीले जनाएको ।
मृत्यु हुनेमा फतुवा विजयपुर नगरपालिका वडा नम्बर १ घुसुकपुर बस्ने जयनारायण राय यादवको छोरा अ. वर्ष उमेश प्रसाद यादव रहेको प्रहरीले जानकारी दिनु भयो । मृत्क यादवले चलाई रहेको ना ५१ प ४९४१ नम्बरको मोटसाईकललाई ना ५ ख ३४५१ नम्बरको ट्रकले ठक्कर दिएको हो । घटना पश्चात सन्तपुर बजार तनाब ग्रस्त बनेको थियो ।
यादवलाई गाडी ब्याक गरि मारिए पछि साे ट्रक चालकलाई आक्रोशित स्थानीयहरूले सन्तपुर ईलाका प्रहरी कार्यलय भित्रबाट ट्रक चालकलाई बाहिर निकाली रामधुलाई समेत गरेको भिडियो समाजिक सञ्जालमा वाइरल बनेको छ । चालक घाइते भएको हो भने उपचार भईरहेको छ । प्रहरी पुगे पिछ चालकलाई नियन्त्रणमा लिएको छ भने स्थानियहरुले ट्रकमाथि ढुंगा प्रहार गरि क्षति समेत पुगाएको हो ।
प्रहरीले घटनास्थलको मुचुल्का गर्न गए पछि स्थानियहरुले प्रहरी माथि ढुंगा प्रहार गरेपछि झडपमा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको इलाका प्रहरी कार्यालय बिजयपुर लक्षमिनियाका प्रमुख इन्स्पेक्टर विजय कार्कीले बताए। ‘स्थानियहरुले भने’ ट्रकका साउ र पिडित परिवार बिच सहमति भएपछि घटनास्थलमा प्रहरीलाई जानदिने, सहमति नभएपछि तनाव ग्रस्त रहने स्थानियको अडान थियो । उनीहरुले दोषीमाथि कारबाही र क्षतिपूर्तिको मागसहित नारबाजी गरेका छन् । अहिले जिल्ला प्रहरी कार्यालय गौर र सशस्त्र प्रहरी बेस क्याम्पबाट दर्जनौं प्रहरी घटनस्थलमा पुगेका छन् । इन्स्पेक्टर कार्कीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।

error: Content is protected !!