सर्लाहीको बयलबासबाट अबैध हतियार बरामद

सर्लाही, २ असोज । सर्लाही ईश्वरपुर नगरपालिका–६ बयलबासबाट अबैध हतियार बरामद प्रहरीले गरेको छ ।
सर्लाही ईश्वरपुर नगरपालिका–६ बयलबास बस्ने जितन साहको घरमा अज्ञात ब्यक्ति निजको घर भित्र पसेको अवस्थामा जितन साहको १८ छोरा राज किशोर गुप्ताले देखी हल्ला गर्दा अज्ञात ब्यक्ति घरबाट भागेको थियो ।
भाग्ने क्रममा पक्राउ पर्ने डरबाट ति अज्ञात व्यक्तिले साहको घर अगाडी बाटोमा नलकटुवा बन्दुक थान–१ र सोको गोली १ राउण्ड लोड भएको फालेर भागेपछि उक्त अबैध हतियार हिजो साँझ प्रहरीले बरामद गर्न सफल भयो ।
जितन साहले खबर गर्न साथ ईप्रका केशरगंजबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटिगएको नलकटुवा बन्दुक थान–१ र गोली १ राउण्ड लोड भएको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

error: Content is protected !!