सर्लाहीको मलंगवामा चारदिनदेखि लगाइएको कर्फ्यू हट्यो, निषेधाज्ञा जारी राख्न निर्णय

बौधिमाई खबर, असोज ०८ गते रौतहट ।
सर्लाहीको मलंगवामा दुई समुदायको झडप र तनाव पछि लगाएको कर्फ्यू निष्कृय गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमो आज बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू निष्कृय गर्ने र निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।
असोज ४ गते साँझ गणेश चतुर्थीको मुर्ति सेलाएर फर्किने क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको थियो । सो क्रममा अप्रिय घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय सर्लाहीले असोज ४ गते राति १० बजेदेखि साबिक मलंगवा नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लगाएको थियो ।
कर्फ्यू निष्कृष्ण गरेपनि आजदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेल सम्मको लागि राती ८ बजेदेखि बिहान ४ बजेसम्मको लागि कर्फ्यू आदेशलाई निरन्तरता दिने सुरक्षा समितिले निर्णय गरेको छ ।
कर्फ्यू आदेश निष्कृय गरिए तापनि सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साबिक मलंगवा नगरक्षेत्र भित्र कुनै प्रकारको भेला हुन जुलुस गर्न, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरेको छ ।
सामाजिक संजालमा सामाजिक सद्भाव बिगार्ने खालका हल्ला एवम् अफवाह फैलाउने व्यक्तिहरुको पहिचान गरी साइवर अपराध गरेको अभियोगमा कानून बमोजिम कारबाही गर्ने समेत सुरक्षा समितिले निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।
हल्लाको पछि नलाग्न सचेत गराउने र सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुडा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शन गर्ने, सामाजिक सद्भाव बिगार्ने खालका घटना घटाउने एवम् घटनमा संलग्न जो कोहीलाई कडा भन्दा कडा कार्यवाही गर्ने निर्णय गरेको हो ।

error: Content is protected !!