सर्लाहीमा एक युवक माथि चक्कु प्रहार, मलंगवामा उपचार चल्दै

बौधिमाई खबर, असोज ०८ गते रौतहट ।
सर्लाहीमा एक युवक माथी चक्कु प्रहार भएको छ ।
जिल्लाको दक्षिण–पश्चिम भेगस्थित बलरा नगरपालिकामा आइतबार साँझ चक्कु प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् ।
बलरा–६, बस्ने १७ वर्षीय अनिस साहलाई स्थानीय ५० वर्षीय मदन पासवानले पुरानो रिसिबीका कारण चक्कु प्रहार गरेका हुन् ।
चक्कु प्रहारबाट घाइते भएका युवकको प्रादेशिक अस्पताल मलंगवामा उपचार चलिरहेको छ ।
चक्कु प्रहार गर्ने मदनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

error: Content is protected !!