भन्सार छलेर नेपाल भित्रयाइएका करिव एक लाख १३ हजार मूल्य बराबरको मालसामान नेपाल प्रहरीले गौर बस पार्कबाट बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा प्राप्त जानकारी अनुसार मंगलवार विहान ८ बजेको समयमा गौर नपा ६ भारतबाट अबैध रुपमा भन्सार छली गरेर चोरी पैठारी गरेर ल्याएका कपडा, वाल घडी लगायतका सामानहरु मोटरसाइकलमा लगिरहेको अवस्थामा प्रहरीले रोक्न भन्दा पनि मोटरसाइकल छाडी फरार हुँदा बेवारिसे अवस्थामा उक्त सामानहरु बरामद गरेको हो ।
बरामद गरिएको १ लाख १३ हजार ७५० मूल्य बराबरको भन्सार छलीका सामान सहित नम्वर प्लेट नभएको मोटरसाइकललाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी दामोदर केसीले जानकारी दिए ।
पुरानाे समाचार
नागरिकको सुरक्षाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले पहिलो पटक ड्रोनबाट निगरानी गर्ने
नयाँ समााचार