नागरिकको सुरक्षाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले पहिलो पटक ड्रोनबाट निगरानी गर्ने

काठमाडाैँ,२२ असाेज । चाडपर्व नजिकिदैँ गर्दा नागरिकको सुरक्षाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले पहिलो पटक ड्रोनबाट निगरानी गर्ने भएको छ ।

आम नागरिकलाई सुरक्षित हिसाबले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न आवश्यक जनशक्तिसहित विभिन्न टेक्नोलोजीको सहायतामा तयार रहेको परिसरका प्रमुख भूपेन्द्रबहादुर खत्रीले बताए । खत्रीले यस पटक सुरक्षाका लागि भीडभाड स्थानमा ड्रोनबाट निगरानी गरिने बताएको छ ।

”यसैगरी, यात्रुहरुको सुरक्षा सन्दर्भमा उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको जानकारी पनि खत्रीले जनाएको छ । खत्रीका अनुसार काठमाडौं जिल्लाका लागि मात्रै विशेष सुरक्षा योजनाअन्तर्गत १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।’’

16 Push 077 final

खत्रीले भन्नुभयो, ‘‘यात्रुहरुको सुरक्षा” सन्दर्भमा उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ । काठमाडौं जिल्लाका लागि मात्रै यसअन्तर्गत हामीले १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेका छौँ ।

आम नागरिकलाई सुरक्षित हिसावले चाडपर्व मनाउन बिषेश सुरक्षा प्रदान गर्ने उद्देश्यले थप जनशक्तिसहित विभिन्न टेक्नोलोजी तयार गरेका छौँ । सिसिटिभी र ड्रोन लगायतका टेक्नोलोजी हामीले काठमाडौं उपत्यकामा प्रयोग गर्ने क्रममा छौँ । ड्रोनबाट भीडभाड हुने स्थानलाई नियालेर जनशक्ति सञ्चालन गर्नेछौँ ।’’