मधेश सरकारले महास समूहको आक्रमणमा मारिएका धनुषाका आनन्द साहको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने

मधेश प्रदेश सरकारले इजरायलमा सहामस समूहको आक्रमणमा मारिएका धनुषाका आनन्द साहको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने भएको छ ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई राहतस्वरुप पाँच लाख दिने मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बताए ।

मुख्यमन्त्री यादवले मङ्गलबार साँझ एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्दै पीडित साह परिवारलाई प्रदेश सरकारको तर्फबाट सो राहत प्रदान गरिने जानकारी दिए ।

मुख्यमन्त्री यादवले आक्रमणमा परी मृत्यु भएका १० नेपाली युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनहीन र अमानवीय कृत्य भएको बताएका छन् ।

error: Content is protected !!