दुर्गा भगवती गाउँपालिकामा निशुल्क आँखा शिविर सम्पन्न

रौतहट, २४ असोज । विश्व दृष्टि दिवश को सुखद अवसरमा बुधवार रौतहटको दुर्गा भगवती गाउँपालिकामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ गंगापिपरा स्थित सामुदायिक भवनमा डाक फाउन्डेशनको सहयोग, नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पताल गौर ८ परेनवा रौतहटको प्रमुख आयोजनामा तथा दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष शम्भु सिंहको स्थानीय आयोजना तथा तराई टप अनलाइन खवरको मिडिया स्पोन्सरसीपमा आज विश्व दृष्टि दिवसको सुखद अवसरमा निशुल्क शिविर सम्पन्न भएको हो ।
शिविरमा २५३ जना पुरुष, १५४ जना महिला गरी ४०७ जनाले आँखाको परिक्षण गराए । जसमा ७८ जनालाई मोतिया विन्दु भएको हुँदा उनीहरुलाई निशुल्क रुपमै शैल्यक्रिया गरिने शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डले जानकारी दिए ।
१८१ जना आँखाको विरामीलाई चश्मा र १४८ जनालाई औषधी निशुल्क रुपमा उपलब्ध गराइएको कार्यक्रम संयोजक पाण्डेले बताउदै गाउँपालिकाका बासिन्दाहरु सहज रुपमा आएर लामबद्ध भई एकदमै अनुशासित रुपमा आँखाको परिक्षण गराएकोमा खुशी व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष शम्भु सिंह, उपाध्यक्ष शिला देवी, वडा नम्वर १ का अध्यक्ष प्रदुम्न चौधरी, दुर्गा भगवती गाउँपालिकाको स्वास्थ्य संयोजक दिनेश महतो लगायत स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
शिविर संचालन भईरहेको वेला गौर आँखा अस्पतालको प्रशासन प्रमुख नागेश्वर जयसवाल, लेखा प्रमुख पवन न्यौपाने सहितका पदाधिकारीहरुले अनुगमन गरेर शिविरको अवलोकन गरेको सत्येन्द्र पाण्डेले जानकारी दिए ।