रौतहटमा हात्तिको आक्रमणमा परेर एक को मृत्यु दुई महिला घाइते

रौतहट, ५ कार्तिक । रौतहटको वनजंगलमा घाँस काट्न गएकी महिला हात्तिको आक्रमणको शिकार भएकी छिन् ।

चन्द्रपुर नगरपालिका वडा नम्वर ५ राजपेडा स्थित जंगलमा सोही स्थानका तिन जना महिला आईतवार घाँस काट्न जंगलमा गएका थिए तर अकस्मात हात्तिले आक्रमण गर्दा दुई जना महिला गम्भीर घाइते भएकी थिइन भने एक महिला बेपत्ता भएपछि सोमवार ति महिलाको शव बरामद भएका हुन् ।

राजपेडा बस्ने बर्ष ५४ की अधनया देवी, ६० बर्षिया पनावती कुमारी चौधरी हात्तिको आक्रमणमा परेर घाइते भएको जानकार दिदै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दामोदर केसीले हराइरहेकी महिलाको खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र डिभिजन वन कार्यालयबाट हिजो निकै खोजी कार्य गरिदा समेत भेटिएनन् ।

 ५५ बर्षिया मनिया देवीको खोजी कार्य आज विहान पुन ः सुचारु गर्दा ७.३० बजेको समयमा सोही जंगलमा मनिया देवी कुमर मृत अवस्थामा फेला परेको डिएसपी केसीले भने । रौतहटको जंगलमा हात्ती सहितका विभिन्न जंगली जनावरहरु रहेको हुँदा वन जंगल भित्र पस्नु अत्याधिक जोखिम रहेको हुँदा जंगल छेउछाउका बासिन्दाहरु विचार पुर्याएर मात्रै जंगलमा पस्नु पर्ने यस घटनाबाट देखिन्छ । मृतक महिलाको शव चन्द्रपुर अस्पतालमा पोष्टमार्टम गरी मृतक परिवारलाई शव बुझाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।

error: Content is protected !!