सर्लाहीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यू

बौधिमाइ न्यूज डेक्स, पौष ०८ गते सर्लाही ।
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। जिल्लाको विष्णु गाउँपालिका-६ मा शनिबारराती पौने १० बजेको समयमा बिआर ३० डब्लु ६३९० नम्वरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा त्यसका चालक कौडेना गाउँपालिका-६ का २० वर्षीय इन्दल सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

16 Push 077 final