दुर्गा भगवतीमा पाठक र यमुनामाईमा यादव हाजिर भए

रौतहट, ८ पुस । रौतहटको दुईवटा गाउँपालिकामा रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृत पदमा आईतवार दुई जना हाजिर भएका छन् ।
रौतहटको १८ वटा स्थानीय तह मध्ये दुई वटा मात्रै गाउँपालिका रहेका छन् तर दुुबैमा धेरै दिन देखि रिक्त रहेका प्रमुख प्रशासकीय अधिकृतमा आज दुई जना हाजिर भएका हुन् ।

फरक यति मात्रै छ कि दुर्गा भगवती गाउँपालिकामा परमान्द पाठक सहज रुपमा हाजिर भएको छ भने यमुनामाईमा ओमप्रकाश यादवलाई हाजिर गराउन सुरक्षाकर्मीहरुको रोहबरमा हाजिर भएको बताइएका छन् ।

विगत तिन महिना अगावै यमुनामाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका ओमप्रकाश यादवलाई गाउँपालिका प्रमुखको आग्रहमा हटाएर रामश्रेष्ठ यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम काज गर्न संघिय तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको र ओमप्रकाशलाई जिल्ला समन्वय समितिमा पठाइएका थिए ।

16 Push 077 final

तर राजनीतिक चलखेलको आधारमा पुन ः ओमप्रकाश यादव यमुनामाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गराएर आउदा गाउँपालिका अध्यक्ष सहित वडाध्यक्षहरुले हाजिर गर्न नदिएको जबरजस्ती गर्न खोज्दा दुर्घटना हुने अवस्था सृजना भएपछि उच्च अदालतको शरणमा जाँदा हाजिर गराउन गाउँपालिकालाई निर्देशन दिइयो । सोही क्रममा पटक पटक हाजिर हुन जाँदा अप्ठ्यारो भईरहदा आज सुरक्षाकर्मीहरु संगै गएका यादवलाई करिव एक घण्टा सम्म विरोधको सामना गर्नुपर्यो अन्ततः सुरक्षाकर्मीहरुको रोहबरमा हाजिर गराइयो ।

यस्तै केही साता देखि दुर्गा भगवती गाउँपालिकामा प्रमुख विहिन रहदा विकासको काम काजहरु अवरुद्ध भईरहेको अवस्थामा आयुर्वेद तर्फका कर्मचारी परमानन्द पाठकलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा संघिय तथा सामान्य प्रशासन मन्त्रालयले जिम्मेवारी तोकिएपछि निजलाई गाउँपालिका अध्यक्ष शम्भु सिंहले हाजिर गराएर कामकाजलाई सहज रुपमा अघि बढाउन शुभकामना दिए ।