वागमतीको वगरमा विजुली वत्ती जडान गराएर किसानहरुको समस्या समाधान गरेः मधेश प्रदेश सभापति तथा भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव

रौतहट, १० पुस । नेपाली काँग्रेसका मधेश प्रदेश सभापति एवं भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवद्वारा गढीमाई नगरपालिका क्षेत्र भित्र रहेका वागमतीको वगरमा खेतियोग्य जग्गामा जडान भएको विद्युतको एक समारोहका विच उदघाटन गरिएको छ ।
गढीमाई नगरपालिका वडा नम्वर ६ पकहा बखरी क्षेत्रमा बागमती उकास वगरमा रहेका खेतीयोग्य जग्गामा किसानहरुलाई खेतीपाती गर्न निकै कठिनाइको सामना गर्नुपर्दा उक्त समस्यालाई मध्यनजर राख्दै काँग्रेस मधेशप्रदेश सभापति एवं भातिक पूर्वाधार विकास मन्त्री यादवको पहलमा जडान भएको विजुली वत्ति जडान गरिएपछि आज एक समारोहका बीच उनले उदघाटन गरेको हो ।
मधेश प्रदेशमा विकासपुरुषको नामले चिनिएका भौतिक पूर्वाधार विकास मन्त्री यादवले जनताहरुको आशा र भरोसा माथि खरो उत्रिदै उक्त भेगको समस्या दिर्घकालिन रुपमा समाप्त पार्दै जडान भएको विजुली वत्तिलाई आधिकारीक रुपमा संचालनमा ल्याइदिएपछि वडा नम्वर ६ का बासिन्दाहरु हर्षित भएका छन् ।

सयौं स्थानीय बासिन्दाहरुको रोहवरमा जडान भएका विजुली वत्तिको उदघाटन गर्दै मधेशप्रदेश सभापति तथा भौतिक पूर्वाधार विकासमन्त्री यादवले यहाँका किसानहरुको समस्यालाई समाधान गर्न आफू सकेसम्म हर सम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । विजुली वत्ति मात्रै नभई भौतिक पूर्वाधारको दृष्टिकोर्णबाट पछाडी परेका स्थानहरुलाई विशेष प्राथमिकतामा राखेर विकास निर्माणको कार्यहरुलाई अगाडी बढाउने उनले बताए ।


वागमती नदी वारी र पारी आफनो मन्त्रालय तथा यसबाहेकका अन्य समस्याहरु सम्बन्धमा आफूलाई जानकारी गराएर धमाधम विकास निर्माण गराउनमा समेत गाउँ समाजका अगुवाहरु अग्रसर भएर लाग्नुपर्ने समेत उनले सुझाव दिए ।
मधेश प्रदेशमै पछाडी परेका रौतहटको हरेक क्षेत्रलाई विकासको गतिलाई अघि बढाउन भौतिक पूर्वाधार विकास मन्त्री यादव कटिबद्ध रहेको नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभागको प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।हालै जनकपुरमा सम्पन्न भएको एतिहासिक प्रथम मधेश सम्मेलनले मधेश प्रदेशमा काँग्रेसको पक्षमा जनलहर आएकोमा प्रदेश सरकारबाट मधेशको आठ वटै जिल्लामा विकास निर्माणका कार्यहरु द्रुत गतिमा अगाडी बढाउने कार्यमा मन्त्री यादव सक्रिय रहेको विभागिय प्रमुख गुप्ताले भने ।

16 Push 077 final


विभागीय प्रमुख गुप्ताका अनुसार जडान भएको विजुली वत्तीबाट एक हजार विगहा जग्गाका किसानहरु लाभान्बित हुने विश्वास लिइएको छ ।