रौतहट प्रहरीद्वारा नक्कली नोट १८ लाख ४३ हजार सहित यादव पक्राउ

रौतहट, १९ पुस । रौतहट जिल्लामा ठूलो परिमाणमा एक हजारको नक्कली नोट सहित एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा विहिवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता एवं डिएपसी एलिजा गिरीले पछिल्ला विभिन्न समयमा पक्राउ परेका केही व्यक्तिहरु संग गरिएको सुक्ष्म अनुसन्धानबाट खुलेका आधार प्रमाणका आधारमा छानविन गर्दै जाँदा बुधवार साँझ ६ बजेको समयमा जिल्ला रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्वर ८ पटेल चोकमा थापिएको सुरक्षा चेकजाँचको क्रममा ठूलो परिमाणमा नेपाली एक हजारको नक्कली नोट सहित पक्राउ गरिएका व्यक्तिलाई सार्वजनिक गरिन् ।
एक हजारको १८४३ थान अर्थात १८ लाख ४३ हजार नक्कली नोट सहित रौतहटको गुजरा नगरपालिका वडा नम्वर ५ हरिहरपुर का २५ बर्षिय संदिप यादवलाई पक्राउ गरिएको डिएसपी गिरीले जानकारी दिइन् । पक्राउ परेका यादवको साथबाट जाली नोट जस्तो देखिने उक्त रकम फेला परेको हुँदा मुद्रा सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाही अगाडी बढाइएको उनले बताए ।
पक्राउ परेका यादवको साथबाट पाँच थान विभिन्न बैंकको एटिएम कार्ड, १६ लाख ६५ हजार रकम उल्लेख भएका तिन थान चेक र एक थान ओप्पोको मोवाइल बरामद गरिएको छ ।
उक्त अबैध कार्यमा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य जारी रहेको बताउदै डिएसपी गिरीले गत साउन २१ गते पक्राउ परेका शिवनगरबाट पक्राउ परेका गरुडा नपा ५ का २२ बर्षिय रामपृत साह र कटहरिया नपा ९ का अनिल साह तथा सर्लाही त्रिभुवन गापा ४ का १९ बर्षिय दिपक दास संग एक सय भारतीय नक्कली नोट चार थान, गत कार्तिक १० गते गरुडा ४ बाट एक हजारको नेपाली नोट ७ थान सहित परोहा नपा २ का ५८ बर्षिय बच्चेलाल साह र मंसिर ३० गते भारत विहार पूर्वी चम्पारण मोतिहारी जिल्ला द्धरपा थाना सखहलिया १ का ३८ बर्षिय सुरेन्द्र ठाकुरलाई चन्दपुर नपा १० बालचनपुरबाट एक हजारको नेपाली नक्कली नोट २० थान सहित पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा बल्ल यादवलाई १८ लाख ४३ हजार नक्कली नेपाली नोट सहित पक्राउ गर्न सफल भएको जानकारी डिएसपी गिरीले दिइन् ।
पछिल्ला विभिन्न समयमा नक्कली नोट सहित पक्राउ परेका व्यक्तिहरु संग प्रहरीले गरेको सुक्ष्म अनुसन्धानको आधारमा गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरुलाई दशीप्रमाण सहित पक्राउ गर्न रौतहट प्रहरीले परिचालन गरिएका क्रइम टोली सहित अनुन्धान अधिकृतहरुले विभिन्न स्थानहरुमो प्रहरी परिचालन गर्दा रौतहटमा पहिलो पटक यत्रो ठूलो परिमाणमा नक्कली नोट बरामद गर्न सफल भएका छौ गिरीले भनिन् ।
यस्ता गतिविधिहरु भवियमा हुन नदिन अवस्थाको सृजना गर्नमा नेपाल प्रहरी अहोरात्र खटिरहेको हुँदा प्रहरीलाई समयमै सुचना दिई अनुसन्धान तथा कारवाहीमा सहयोग गर्ने नागरिकहरु प्रति आभार व्यक्त गर्दै रौतहट प्रहरीले राष्ट्रको अर्थतन्त्रमा नकरात्मक प्रभाव पार्ने यस्ता राज्य विरुद्धको अपराधिक गतिविधिलाई निष्तेज पर्न संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई शान्ति सुरक्षाको प्रभाविकारी व्यवस्थपन गर्न हरपल हरसमय तत्पर रहेको रौतहट प्रहरीको प्रवक्ता एवं डिएसपी गिरीले स्पष्ट पारिन् ।
रौतहट प्रहरीका एसपी महेन्द्रकुमार श्रेष्ठले यस्ता नोटहरुको छपाई लगायतका सम्पूर्ण कागजातहरु सीमापारी भारतमा तयार गर्ने गरिएको हुँदा यसबाट नेपाली अर्थतन्त्रमा पर्ने प्रतिकूल असरलाई निरुत्साहित गर्न काउन्टर पार्टसका सुरक्षाअधिकारी संग समन्वय गरेर अपरााधलाई न्यूनिकरण गर्ने अभियानमा हामी सक्रिय रहेको बताए ।

16 Push 077 final