पिकअप भ्यान सहित २ जना काठ तस्कर रौतहटबाट पक्राउ

रौतहट,२० पुस। डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटले बुधबार राती पिकअप भ्यान सहित काठ
बरामद गरेको छ । जंगलसहिया सब डिभिजन वन कार्यालय अन्र्तरगतको जंगलबाट सो काठ बरामद गरेको हो ।

डिभिजन वन कार्यालय रौतहटका रेन्जर लक्ष्मी कर्णको नेतृत्वमा गएको टोली र जंगलसहिया सब डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत आरिफ हुसेनको नेतृत्वमा गएको टोलीले सो काठ,पिकअप भ्यान र २ जना काठ तस्कर पक्राउ गरेको डिभिजन वन कार्यालय रौतहटका सुचना अधिकारी बिमल ठाकुरले जानकारी दिएका छन ।

16 Push 077 final

प्रदेश २ –०३–००१च २१९८ नम्बरको पिकअप भ्यानमा काठ लोड गरिरहेको अबस्थामा अन्दाजी ६० क्युफिट काठ पक्राउ गरेको ठाकुरले जानकारी दिएका छन । वन कर्मचारीले टोलीले ९ थान सालको गोलिया समातेको उनले जानकारी दिए । धन्सारबाट जंगलसहिया जानेक्रममा सोही जंगलबाट सो काठ बरामद गरेको हो । काठको साथ साथै जितपुर सिमरा उपमहानगरपालिका वाड नं।२३का आजम हुसेन र निजगढ ९ सिंगौलका अजय कुमार चौधरी समेत पक्राउ परेको उनले जानकारी दिए ।
यस अघि मंगलबार पनि बृन्दावन नगरपालिका वाड नंं ८ बरगजवा टोलबाट पनि करिब ५० क्युफिट काठ गरुडा प्रहरीले पक्राउ गरेको थियो । केही दिनयता रौतहटका जंगलमा काठ तस्करहरु सल्बलाएको पाइएको छ । वलरी क्षेत्रबाट सर्लाहीका तस्करहरु सक्रिय छन भने रंगपुर तथा जंगलसहिया वन क्षेत्रमा बाराका काठ तस्करहरु सक्रिय रहेको पाइएको छ ।