आफ्नो कार्यकालमा ईप्रका कटहरियामा भवन निर्माण गर्छु: एसपी श्रेष्ठ

रबिन्द्र प्रजापति, पुस २८ गते रौतहट । ईलाका प्रहरी कार्यालय कटहरियामा आज सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । शनिवार एक कार्यक्रम विच ईलाका प्रहरी कार्यालय कटहरियामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय कटहरियाको प्रांगणमा उक्त कार्यक्रम सम्पन्न भएको हो । जिल्ला प्रहरी कार्यालय गौर रौतहटको आयोजनामा सम्पन्न भएको छ ।  कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहट प्रहरीका प्रहरी प्रमुख उपरिक्षक एसपी महेन्द्र कुमार श्रेष्ठ डिएसपी एलिजा गिरी, ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ओमप्रकाश खनालको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवाल,उपप्रमुख रिता देवी यादव, माओवादीका मेयर प्रत्याशी नसरुदिन अंसारी, वडा नम्बर ५ का वडा अध्यक्ष एवं क्षेत्रीय सभापति सर्फलाल गुप्ता, नेपालि कांग्रेसका महासमिति सदस्य बालमिकी यादव, वडा नम्बर ३ का वडा अध्यक्ष श्यामा कान्त यादव, वडा अध्यक्ष प्रत्याशी उमेश यादव, वडा अध्यक्ष समिस बिक्रम साह, वडा नम्बर ९ का वडा अध्यक्ष रुपेश यादव लगायत स्थानिय ब्यपारी सहित विभिन्न पार्टीका नेता कार्यकर्ताहरुको उपस्थितमा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । कटहरिया इलाका प्रहरी कार्यालयमा प्रहरीको कमी रहेकोले अझै प्रहरी थाप दिनको लागी मेयर प्रत्याशी नसरुदिन अंसारीले आग्रह गरेका छन । इलाका प्रहरी कार्यालय कटहरियामा भवन कमी रहेको र जग्गाको कमी भएकोले यस प्रती छलफल गरी ब्यवस्थित गर्नोको लागी जनप्रतिनिधि सहित प्रहरी प्रमुखलाई ध्यानकर्षन गराए। ईलाका प्रहरी कार्यालयको जग्गाको विवाद रहेको छ जग्गालाई प्रहरी कार्यालयको नाममा ल्याउनको लागी वडा सदस्य मनोज यादवले भने । जिल्लामा भारत बाट आउने मलखाधलाई रोक नलागाउनको लागी समेत हुनले आग्रह गरे । भन्सार छली कार्य अपराध रहेको छ तरपनी कटहरिया बजारमा ब्यपारिहरुले भारत बात खाध ल्याइ रहेको प्रति प्रतिबन्ध नलागउनको लागी कार्यपालिका सदस्य मनोज जयसवालले आग्रह गरे । हाम्रो गाउँको आसपासका १५/२० वर्षका बालबालिकाहरुले हार्थमा किताब कलम राखि स्कुलमा हुनुपर्नेमा अहिले उनिहरुको हाथ हाथमा गाजा र चुरोट देखिएकोले यसलाई प्रतिबन्ध लगाउनका लागी जयसवालले आग्रह गरेका छन । ईलाका प्रहरी कार्यालय कटहरियामा ईन्सपेकटरको ईलाका रहेको छ तर जग्गा ब्यवस्थि र भवन न रेहेकोले याहाको समस्या समाधान गर्नको लागी युवा नेता जवाहरलाल यादवले माग गरेका छन । बिहान ५ बजे देखि कटहरियामा मदिरा पसलहरुमा मदिरा बिक्री भईरहेको छ यसले गर्दा हाम्रो समाजका युवाहरुमा गत बाटो प्रयोग गरिरहरकोले मदिरा बिक्रीमा रोक लगाउनका लागी ल्क्षमी गिरीले आग्रह गरे ।    एकिकृत समाजवादीका जिल्ला सदस्य राजदेव सहनी २०२९ सालमा स्थापना भएको ईलाका प्रहरी कार्यालयमा सबै पक्षमिलि अबिलम नगरी अगाडी बढाई दिनको लागी अनुरोध गरे। वडा नम्बर ९ का वडा अध्यक्ष रुपेश यादवले १० /१५ दिन देखि लगातार चोरी भइरहेको छ र चोरहरुको नाम पनी सार्वजनिक हुँदा हुन्दा पनी आहिले सम्म नियन्त्रणमा नआएको बताउनु भयो । यस्तो कार्यक्रम आज प्रथम चोटी भएकोले मलाई धेरै राम्रो लाग्यो छेदी चौकमा पनी ५/६ जना प्रहरी रहेको छ । छेदी चौक अस्थाई प्रहरी चौकीको अवस्था जिर्ण थियो । तर हामी हरुले विभिन्न पहल गरी छेदी चौकमा भवन निर्माण गराएको बताए । कटहरियाका एक जना किशोरीलाई लिएर एक जना केटा भगेको एक महिना भयो जाहेरी दिदा पनी पनी ईलाका प्रहरी कार्यालय कटहरियाले नियन्त्रणमा लिन नसकेको एक जना महिलाले बताईन । सुनवाई कार्यक्रम मात्र गरेर हुन्दैन सर्वसाधारणले राखेको भनाई प्रति गम्भीर बन्नका लागी पुर्व वडा अध्यक्ष उमेश यादवले बताउनु भयो । कटहरिया ईलाकामा अहिलेको यूवाहरुले मोटरसाइकलमा तिन जान जना सवार भई स्लेटर दबाई बिना हेल्मेट लगाई मोटरसाइकल कुदाउदा दुर्घटनाको जोखिम बढदा यसलाई कार्वाही गर्नको लागी यादवले भने । ९ कठ्ठा जग्गा हुँदा हुँदा पनी कटहरिया ईलाका प्रहरी कार्यालयमा कुनै बिकास नभएको कारणकेको पहिला पहिला त कटहरिया प्रहरी कार्यालयमा २૪/२५ जना प्रहरी थियो तर अहिले ६ जना प्रहरी रहेको छ योगेन्द्र साहले भने । वडा अध्यक्ष गुप्ताले कटहरिया प्रहरी कार्यालयको जग्गा राजनीतिका कारण अहिले सम्म नाममा नआएको बताए । रौतहट प्रहरी प्रमुख उपरीक्षक एसपी महेन्द्र श्रेष्ठले ईलाका प्रहरी कार्यालय  कटहरियामा स्थानिय सरकार जनसक्तिको सहयोग नभएपनी आफ्नो कार्यकालमा भवन निर्माण गर्ने प्रतिबद्धता जनाए । चोरीको घटनामा संलग्न प्रकाउ परेका चोरलाई तपाई हरुले चोरलाई छोड दिनको लागी ताकेता नगर्नु म कार्वाही गर्छु कार्वाही गरेपछि चोरीको घटनामा कमि आउने एसपी श्रेष्ठले बताउनु भयो । प्रहरीलाई विशेष प्राथमिकता देनि र नियन्त्रमा लिने लागुऔषधनै हो । तर कटहरिया भेगमा गाजा सेवन गर्नेको विगविगी बढेको गुमासो बढेकोले नियन्त्रण गर्नका लागी हामी गम्भीर रुप लिने बताउनु भयो । घरका सदस्यहरुले आफ्नो बालबालीका लागी निगरानी नगरेकोले आजकाल युवाहरुले गल्त बाटो प्रयोग गरिेरहेको बताए । मदिरा बिक्री वितरण पसलाई राती ८ बजे बन्द गर्ने निर्देशन दिएको बताए । ८ बजे पछि कटहरियामा मदिरा पसल बन्द गराउनका लागी कटहरियाका सई अरुण सिंहलाई आदेश दिनुभयो ।  महिलालाई कुट गर्ने निन्दनीय घटना रहेकोले जाहेरि परेपछि कानुनी कार्वाही गर्ने समेत बताउनु भयो । आफ्नो कार्यकालमा जिल्ला भरी कमतिमा ८० वटा सिसिक्यमरा जडान गर्ने समेत प्रतिबद्धता जनाउनु भयो ।

16 Push 077 final