कटहरियामा ग्यस पसलमा आगलागी, २ जना प्रहरीसहित ३ जना घाईते

रबिन्द्र प्रजापति, माघ ०७ गते रौतहट । रौतहटमा एक ग्यास पसलमा अचानक आगलागी हुदा लाखौ क्षती भएको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ५ बजारस्थित रहेको शिवशक्ति जनरल स्टोर्समा आगलागी भएको ईलाका प्रहरी कार्य‍ालय कटहरियाले जनाएको छ । आगलागी हुँद‍ा पसल भित्र रहेको चुल्हो, १० थान भट्टि ८ थान, ग्यास १० थान १५० एमपिअरको टाटा ग्रीन ब्यट्री ४ थान र एक्साइड कम्पनीको ब्यट्री २ थ‍ान सहित पसल जलेर नष्ट भएको शिवशक्ति जनरल स्टोर्स संचालक मिश्रिलाल साहको छोरा चन्दन साह सोनारले बताए । आगलागीबाट पसल संचालकका छोरा चन्दन सोनार सहित दुई जना प्रहरी समेत घेईते भएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई अरुण सिंहले जानकारी दिनु भयो । आगलागी कसरी भयो भने अहिले नखुलेको र अनुसन्धान भइरहेको सई सिंहले जनाए । सई सिंहका अनुसार साहरा ग्य‍सका डिलर पनी रहेको छ । आगलागीबाट करिब २ लाख ५० हजार रुपियाँको क्षति भएको सई सिंहले जानकारी दिए । प्रहरी टोली र स्थानीयहरुले आगोलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

16 Push 077 final