राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा कटहरियामा पनी हर्षोल्लास र भक्तीका साथ मनाईयो

रबिन्द्र प्रजापति, माघ, ८ गते रौतहट ।
भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सोमबार रौतहटको कटहरियामा पनी विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
भगवान राम ललाको नवनिर्मित मन्दिरको प्राण प्रतिष्ठाका लागी आज रौतहटको कटहरिया, देवाही गानाही, गरुडा, गौर, मौलापुर, फतुवा विजयपुर, गढिमाई, गुजरा, चन्द्रपुर, विन्दावन, माधोपुर, बौधिमाई, नगरपालिक लगाएत जिल्लाको १८ वटै पालिकामा हर्षोल्लास र भक्तीका साथ भगवान रामको पुजा आराधना गरिएको छ ।
आज विभिन्न कार्यक्रम गरि भब्यरुपले भगवान् राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा र्यली सहित मठ मन्दिरमा पुजा पाठ, यज्ञ, हवन, अष्टिजाम लगाएत धार्मीक कार्यको आयोजना गरि मनाईएको छ ।
कटहरियामा आज बिहानै देखि राम मन्दिर देखि गाउँँ बजार परिकरमा गरि कहटरियाको लालबकैयाबाट जल बोझि मठमा कलशालाई राखि पुजा पाठ भईरहेको छ । आज कटहरिया गाउँ बजार, सहित बलिरामपुर, बहादुरपुरका भक्तजनहरुले विभिन्न बजागजा सहित “जय श्री राम, जय जय श्री राम” को नाराहरु घन्काउदै मोटरसाइकल रयाली निकालिएको छ ।
अहिले कटहरिया गाउँ र बजारको राम जानकी मठ सहित देशभरको मठहरुमा विधिवत रुपमा पुजा आजा भईरहेको छ । आज साँझ कटहरिया सहित देश भरि दीप प्रज्ज्वलित गरिने भएका छन् । रौतहटको विभिनन स्थानमा पुजा पाठ, यज्ञ, हवन, अष्टिजाम लगाएत धार्मीक कार्यको आयोजना भएका छन ।

16 Push 077 final