१ सय १ किलोको माला लगाएर ओलीको स्वागत, कुनै हालतमा माधवले चुनाव जित्दैनन् केपी ओलीको दावी

रबिन्द्र प्रजापति, माघ २५ गते रौतहट । नेकपा एमाले रौतहटको को १० औं जिल्ला अधिवेशनको उद्घाटन विहीबार सम्पन्न भएको छ । जिल्लाको मध्य भाग गरुडाको चिनी मिलमा १० औं जिल्ला अधिवेशनको उद्घाटन सम्पन्न भएको छ । रौतहटमा पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई १ सय १ किलो माला लगाई भब्य स्वागत गरिएको हो। नेकपा एमाले रौतहटको १० औं जिल्ला अधिवेशनका उद्घाटन गर्न आएका पुर्व प्रधानमन्त्री तथा अध्यक्ष ओली रौतहटको मध्य भाग गरुडामा भब्य स्वागत गरेका हुन। एमालेको १० औ जिल्ला अधिवेशनमा रौतहटका स्थानीय नेताकार्यकर्ता र केन्द्रीय नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो। आजदेखि हुने जिल्ला अधिवेशनको अध्यक्ष केपी शर्मा ओली उद्घाटन गरेका छन । दशौँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ । तथा मिसन २०८४ मा रौतहटलाई एमालेमय बनाउने अध्यक्ष ओली बताएका छन्। उद्घाटन कार्यक्रममा विभिन्न पार्टीका प्रत्याग गरि एमालेमा प्रवेश गरेका छन । पाटीमा प्रवेश गर्नेहरुलाई ओलीले टिका माला लगाई स्वागत गरेका छन । कार्यक्रममा एमाले का सचिव योगेश भट्टराई, रधुबिर महासेठ ,संघिय संसद किरण साह ,केन्द्रीय सदस्य अजय गुप्ता, बबन सिंह अंसु सिंह,रेखा झा सहित पोलिटब्युरो सदस्य हरु, केन्द्रीय सदस्यहरु लगाएतका नेताहरुको सहभागिता रहेको छ ।१० औँ जिल्ला अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्को पटकदेखि माधव नेपालले चुनाव समेत नजित्ने दाबी समेत गरे । ‘त्यतिवेला थाहा पाउनेछन् जब गठबन्धनले लात हान्छ’, ओलीले भने, ‘अव अर्कोपल्ट माधव नेपालले चुनाव पनि जित्दैनन् । उताका पैसा ल्याएर, कुनै हिसाबले पनि जित्दैनन् । जित्न पनि दिनुहुँदैन । ओलीले एमालेले माधवलाई प्रधानमन्त्री समेत बनाएपनि दुई तिहाइको सरकार ढालेर कांग्रेसको पाउमा सत्ता सुम्पेको आरोप लगाए । ‘पहिला एमालेका नेता भएका, प्रधानमन्त्री समेत भएका । अहिले त काठमाडौँतिरै छन् । गठबन्धन भत्कन दिन्नँ, गठबन्धन त मेरो घर हो भन्दै हिँड्छन्’ । तर दुई तिहाइको पार्टी फोड्ने, सरकार ढाल्ने र कांग्रेसको पाउमा लगेर सरकार बुझाउने माधव नेपाल यही जिल्लाका मान्छे गठबन्धन घर हो भन्छन् । अध्यक्ष ओलीले गएको निर्वाचनमा माधव नेपालको पार्टी राष्ट्रिय पार्टी समेत बन्न नसकेको उदाहरण दिँदै अर्को चुनावमा नेपाल आफैँले चुनाव जित्न नसक्ने दाबी गरे । उनले गठबन्धनले समेत नेपाललाई लातले हानेपछि थाहा पाउने चेतावनी दिए । पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले गठबन्धनको सरकार होइन् मिशन ८४ लाई मध्य नजर राख्दै पार्टीको आन्तरिक एकतालाई कायम राखेर संगठन विस्तार, सदस्यता वितरण गरी संगठनलाई बलियो बनाउने अभियानमा एमालेका नेता एवं कार्यकर्ताहरु लागेमा एमालेको बहुमतको सरकार बनेमा मात्रै जनताको सरकार बन्ने छ उनले भने । एमाले नेतृत्वमा बहुमतको सरकार बनेमा मात्रै मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य, भ्रष्टाचारीलाई कानुनी कारवाही गरिने, विकासको लहर आउने, सुशासनको अवधारण कायम हुने, मुलुक समृद्ध भई जनताहरु सुखी बन्ने भएको हुँदा मिशन ८४ लाई मध्य नजर राख्दै आपसी मतभेदलाई बिर्षेर जनताको काममा नेता कार्यकर्ताहरु लाग्नुपर्ने जिकिर गरे । एमाले सरकारमा हुँदा थालिएका विकास निर्माणका आयोजनाहरुलाई ठप्प पारेको अहिलेको गठबन्धनको सरकारले कुनै नयाँ कार्य नगरेकोमा दुख व्यक्त गर्दै अध्यक्ष ओलीले अरुलाई रिझाउने होइन् नेपाललाई आवश्यक पर्ने सबै योजनाहरु संचालनमा ल्यानुपर्दछ तर लुम्बनी र पोखरामा बनेका विमानस्थलहरु राम्ररी संचालनमा ल्याउन नसक्ने गठबन्धनको सरकारबाट जनताले के अपेक्षा राख्न सक्दछ उनले टिप्पणी गरे । अध्यक्ष ओलीले यसै जिल्लाका अर्को नगरपालिकामा सिमित भएका व्यक्ति प्रभु साह पार्टी संग ठूलो अन्तरघात गरेर एमालेका कंयौं होनहार उम्मेदारको टिकट गोजीमा राखेर विस्थापन गराए तर जनताहरु तिनका चरित्र बुझिरहेको हुँदा आउदो समयमा यस्ता कुतत्वहरुलाई रौतहट बासीले सबक सिकाउने बताए । माधव नेपाल र प्रभु साह संग गएका हाम्रा नेता एवं कार्यकर्ताहरुलाई एमालेमा फर्किन उनले आह्वान गरे । रौतहटको मध्य भागमा अवस्थित श्रीराम सुगर मिल्स संचालनको लागि आफू प्रधानमन्त्री संग कुरा गरेर यहाँ बन्द रहेका उद्योग कलकारखानाहरुलाई संचालनमा ल्याई सयौं वेरोजगार युवाहरुलाई रोजगारीको व्यवस्थापन गराउने स्पष्ट पार्दै अध्यक्ष ओलीले आफनो नेतृत्वको सरकारको समयमा बैदेशिक रोजगारीमा जानेहरुको संख्यालाई घटाएको तर अहिलेको सरकारबाट जनताहरुमा निराशा छाएको समेत बताए ।

16 Push 077 final