त्रिशक्ति ऐकेडेमी इंगलिश बोर्डिंग स्कुल कटहरियामा स्वास्थ्य परिक्षण

रबिन्द्र प्रजापति माघ २६ गते रौतहट । रौतहटको कटहरिया स्थित त्रिशक्ति ऐकेडेमी इंगलिश बोर्डिंग स्कुल कटहरियामा शुक्रबार स्वास्थ्य परिक्षण गरिएको छ । काठमाण्डौका विरिष्ठ डाक्टरहरु द्वारा आज त्रिशक्ति ऐकेडेमी इंगलिश बोर्डिंगमा स्वास्थ्य परिक्षण गरिएको छ । कक्षा नर्सरी देखि कक्षा ८ सम्मामा अध्ययन अध्ययापन गरिरहेका सबै छात्रा छात्रहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।
फाउन्डर प्रकाश श्रेष्ठको पहलमा प्रिन्सिपल रौशन साहको अध्यक्षतामा स्वास्थ्य परिक्षण गरिएको हो । सो बोर्डिंगमा अध्यनरत विधार्थीको घरका एक जना सदस्यको उपस्थितिमा स्वास्थ्य परिक्षण गरिएको फाउन्डर प्रकाश श्रेष्ठले जानकारी दिनु भयो । करिब २ सय २ जना विधार्थीको स्वास्थ्य परिक्षण गरिएको हो ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज काठमाण्डौका वरिष्ठ डाक्टर प्रकाश जिसीको अगुअइमा एक कार्यक्रम बिच सो बोर्डिंगमा स्वास्थ्य परिक्षण गरेका हुन् । डाक्टर जिसीका अनुसार २ सय २ जनाको उपचार भएको छ ।
२०२ जना मध्य १ सय ७४ जनाको ई.को भएको छ । इ को गराउदा ६ जनाको मुटुरोज फेला परेको छ । उनी ६ जनाको मुटुमा पोयाल देखिएको डाक्टर जेशीले जानकारी दिनु भयो । एक जनाको मुटुमा ठुल्लो पोयाल देखिएकोले उनलाई तुरन्त ओपरेशन गराउनका लागी ड. जिसीले सुझाव दिनु भयो ।
१५ वर्ष मुनीको मुटुरोगलाई निःशुल्क उपचार हुने बताउनु भयो । बाकीं ५ जनाको हरेक वर्ष इ.को गराउनका लागी उनले आग्रह गरे । त्रिशक्ति ऐकेडेमी इंगलिश बोर्डिंग स्कुलको बाकीं बिधार्थीको अर्को शिविरमा इ को हुने बताए । चार दिने शिविरमा उनीहरुले रौतहट दुर्गाभागवति गाउपालिका र कटहरिया नगरपालिकाको ४ वटा स्कुल बोर्डिंगमा स्वास्थ्य परिक्षण गरेका छन ।

16 Push 077 final