रौतहटबाट प्रहरीले २४ लाखभन्दा बढीको अवैध सामान बरामद

रबिन्द्र प्रजापति, असार १७ गते । रौतहट ।
रौतहटबाट प्रहरीले २४ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिनु भयो । जिल्ला प्रहरी कार्यालय रौतहटले प्रेश नोट जारी गरि जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरूबाट खटेको गस्ती टोलीले असार १ गतेदेखि १५ गतेसम्म उक्त मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको जानकारी दिए ।
प्रेश नोटका अनुसार ७ लाख ३ हजार ५७९ रुपैयाँ बराबरको लत्ताकपडा, ३ लाख १ हजार ९८० रुपैयाँको किराना तथा खाद्यान्न, औषधी, ८ लाख ५० हजार रुपैयाँ बराबरको सुपारी, ६ लाख ४ हजार ८०० रुपैयाँ बराबरको र विभिन्न सवारी साधन गरी कुल २४ लाख, ६० हजार ३०९ बराबरको अवैध सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन ।
बरामद सामानहरू आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौर र राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

error: Content is protected !!