न्यायिक समितिहरुको क्षमता विकाश सम्बन्धि तिन दिने तालिम कटहरियामा सम्पन्न

रबिन्द्र प्रजापति, असार १७ गते रौतहट ।
न्यायिक समितिहरुको क्षमता विकाश सम्बन्धि तिन दिने तालिम कटहरिया नगरपालिकामा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा शनिवारदेखि शुरु भएको न्यायिक समितिहरुको क्षमता विकाश सम्बन्धि तिन दिने तालिम सम्पन्न भएको छ ।
उप मेयर रिता देवी यादवको अध्यक्षतामा शनिवार देखि न्यायीक समितिहरुको क्षमता विकाश सम्बन्धि तिन दिने तालिम शुभारम्भ भएको थियो ।
न्यायिक समितिको जिम्मेवारी र हेर्नुपर्ने विवादलाई मध्य नजर गरी न्यायिक समिती गठनको लागी संचालन गरिएको कटहरिया नगरपालिकाका नाएक सुबा संदिप कुमार साहले जानकारी दिनु भयो ।
तिन सदस्य न्यायिक समिति हरेक पालिकामा रह्ने कानुन रहेकोले कटहरिया नगरपालिकामा न्यायिक समिति गठनको लागी उक्त कार्यक्रमको आयोजना गरिएको नाएक सुबा साहले जानकारी दिनु भयो । कार्यक्रमलाई संचालन कटहरिया नगरपालिकाका नाएक सुबा साहले गर्नु भएको थियो ।
कटहरिया नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शमिस बिक्रम शाहले न्यायीक समिति संचालन गर्नका लागी प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानलाई हामी सबै जनलाई मिलेर अपिल गर्नका लागी आग्रह गर्नु भयो ।
कटहरिया नगरपालिका भित्र भएको झडप सहित द्वन्द्व लगाएत विभिन्न समस्याहरुलाई आफ्नै पालिकामा न्यायीक समितिबाट मिलापत्र हुने समधनन हुने निकै राम्रो रहेको र न्यायीक समिति संचालनका लागी हामी साथ सहयोग गर्न त्यार रहेको समेत बताउनु भयो ।
कार्यक्रमको समापन्न गर्दै कटहरिया नगरपालिकाकी उप प्रमुख रिता देवी यादवले यस नगरपालिका भित्र न्यायिक समितिको अत्यन्त जरुरी देखिएकोले आउदो श्रावन १ गते देखि कार्यालय स्थापना गरि संचालममा ल्याउनका लागी नगर प्रमुख सहित वडा अध्यक्ष र कार्यापालिका सदस्यहरुलाई सहयोगका लागी आगह गरेकी छिन ।
उक्त कार्यक्रममा कटहरिया नगरपालिकका ९ वटै वडा अध्यक्ष सहित कार्यपालिका सदस्यहरुसहित संचारकर्मीको उपस्थिति रहेको थियो । उप प्रमुख रिता देवी यादवले वडा अध्यक्ष सहित कार्यपालिका सदस्यलाई मात्र समान गरेकी हुन् ।

error: Content is protected !!