रौतहटमा मोटरसाइकल चोरीको घटना वढेको पिडितहरुले गुनासो

बौधिमाई ,
असार १७ गते । रौतहट ।

रौतहटमा मोटरसाइकल चोरीको घटना वढेको पिडितहरुले गुनासो गरेका छन ।
जिल्लाका प्रहरीले चोरी नियन्त्रणमा ध्यान नदिदा मोटरसाइकल चोरि हुन थालेको जन गुनासो छ । जिल्लाको गरुड़ा नपा आसपासमा बढी मोटरसाइकल चोरी हुने गरेको छ। पत्रकार ओम प्रकाश यादवको १५० सिसिको नयाँ मोटरसाइकल चोरी भएको घटना सेलाउन नपाउदे मलाहिटोलबाट दुइवटा मोटरसाइकल चोरी भएको छ।

तीन साता अघि पत्रकार ओम प्रकाश यादवको १५० सिसिको प्रदेश(२( ०३(०१८प ९४६५ नम्बरको नयाँ पल्सर मोटरसाइकल गरुडाबाट दिउँसो ३ बजे चोरी भएको थियो । त्यस्तै तीन दिन अघि मलाहिटोलका कृष्णा कुमार सहनीको कम्पाउण्डमा पार्किड गरि राखिएको दुई वटा मोटरसाइकल चोरी भएको थियो ।
सिसिटिभिको भिडियो प्रमाण मा देखिँदा पनि आफ्नो सवारीसाधन चोरी गर्ने लाई पक्राउ नगरेको संचारकर्मी यादवले दुखेसो पोखे ।
नेपाली बजारमा चार लाख रुपैयाँसम्म पर्ने मोटरसाइकल चोरी गरेर बेच्दा ४० हजार र त्यसभन्दा सस्तोमै पाइन थालेपछि चोरीका मोटरसाइकल चढ़तेहरू बट्टेका हुन्। विगत केही वर्षअघि प्रहरीले चोरीका मोटरसाइल जफत गरेता पनि हाल प्रहरीले सक्रियता तबहाउदा चोरीका मोटरसाइकल बिक्री गर्ने र चड्नेको हौसला बढेको हो। दुई लाखदेखि चार लाखसम्म पर्ने मोटरसाइकल यहाँ २० हजारदेखि ४० हजार रुपैयाँसम्म कन्डिसन हेरेर पाउँन सकिने स्थानीय बताउँछन्।

नेपाली युवा माझ निकै लोकप्रिय रहेको बजाज कम्पनीको पल्सर र रोयल इन्फिल्ड मोटरसाइकल भारतबाट चोरी गरी नेपाल भित्यांउने गिरोह र चोरी गाडीको किनबेच गर्ने नेपाली गिरोहबीच मिलोमतोमा उक्त धन्दा चल्ने गरेको स्थानीयहरुको दावी छ। मोटरसाइकल चोरी गर्नेले मोटरसाइकल चोरी गरेपछि त्यसको सबै पार्ट पुर्जा फेरेर ३ देखि ४ लाख सम्मको मोटरसाइकल २० देखि ४० हजारमै बेच्ने गरेको स्रोतको भनाइ छ।

error: Content is protected !!