बाँदरले आतंक मचाएपछि रौतहटका किसानद्वारा प्रदर्शन

रबिन्द्र प्रजापति । रौतहट,१९ असार रौतहटमा बाँदरलाई नियन्त्रण लिनको लागी माग गर्दै किसानहरुले मंगलबार प्रदर्शन गरेका छन । जिल्लाको गरुडा नगरपालिकाको किसानहरुले प्रदर्शन गरेका छन । खेतबारीमा लगाएको अन्नपात बाँदरले सखाप पारेपछि गरुडाका किसानहरुले आन्दोलित गरेको हो ।

गत वर्षदेखिनै बाँदरले गरुडा भेगमा  आतंक म

चाए पनी नगरपालिकाले नियन्त्रण बारे कुनै चासो न देखाईएको किसानहरुको भनाई छ । हिजो आज बाँदरले अति गरेपछि आज बाध्य भएर प्रदर्शनमा उत्रिएको किसानले बताउनु भयो ।

वर्षेनि खेतबारीमा लगाएको अन्नहरु बाँदरले नष्ट गरेपछि किसानहरु दुखित बनेको छ ।

किसानहरुलाई बाली उत्पादनमा समस्या पुगाए पछि नियन्त्रणको माग गर्दै किसानले मंगलवार गरुडा बजारको मूल सडकमा प्रदर्शन गरेका हुन् ।

मेयर प्रत्याशी दीपक यादवको नेतृत्वमा किसानहरुले  गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवाललाई ज्ञापनपत्र समेत बुझाएका हुन् ।

बाँदरले खेतबारीमा फल्दै गरेको मकै तरकारी बालि लगायतका घरआंगनमा कोही नभएको समयमा घरभित्रै पसेर अन्नपात समेत नास गर्ने गरेको किसानले गुनासो गर्दै आएका छन् । 

error: Content is protected !!