रौतहटको फतुवा बिजयपुर नगरपालिकाको कार्यालयमा कर्मचारीद्धारा ताला बन्दी

रबिन्द्र प्रजापति, असार २१ गते । रौतहट ।
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा आज पुन ताला बन्दी गरिएको छ । फतुवा बिजयपुरका कर्मचारीहरुले आज नगरपालिकाको मुल गेटमा ताला बन्दी गरेका छन। कर्मचारीहरुले तपसिल अनुसार बुँदागत रुपमा मागंहरु पुरा नहुन्जेल सम्म २१ गते शुक्रबार आज देखि ताला बन्दी गरेका छन ।
आर्थिक वर्ष २०७८∕०८० को पुराना बाकीँ तलब तथा चालु आर्थिक वर्ष २०८०∕०८१ का करारका कर्मचारीहरुको तिन महिनाको बक्यौता तलब भुक्तानि नभएको र कार्यालय प्रमुख अमब्या खातुन, प्रमुख प्रशाकीय अधिकृत सुरेन्द्र प्रधान तथा लेखा प्रमुख उमेश यादवसंग सम्पर्क विहीन भएपछि तालाबन्दी गरिएको हो ।
तलब भत्ताको भुक्तानि नहुन्जेल सम्म ताला बन्दी गरीएको ज्ञापन पत्रमा उल्लेख छ । कार्यालयमा तालाबन्दी हुँदा कामकाज ठप्प भएको छ । सूचना अधिकृत हंशराज यादव, ईनिजनियर मोहम्द फिरोज अलिम सहित दरजनौ कर्मचारीले ताला बन्दी गरेका छन । नगरपालिकामा ताला बन्दी हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । फतुवा बिजयपुर नगरपालिकामा पटक पटक विवाद हुँदै आएको छ ।
सो नगरपालिकामा विवादनै विवाद हुँदा नगरसभा पनी हुन सकेको छैन । फतुवाविजयपुर नगरपालिकामा निर्वाचित मेयर गोपाल राय यादव लालबकैया नदीको टेन्डरमा दोषी ठहर भएर विशेष अदालतबाट दण्ड सजाय तोकिएपछि उनको पद रिक्त भएको थियो। लगत्तै उपमेयर अम्बेया खातुनले कार्यवाहकको जिम्मेवारी पाएदेखि नै पटक पटक विवाद हुँदै आएको छ।
फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधान मिलेमतो गरी कार्यालयको सट्टा चन्द्रनिगापुरमा बसेर जथाभावी चेक काटी रहेको वडा अध्यक्षहरूले आरोप समेत लगाएको थियो । फतुवा विजयपुर नगरपालिकालाई आर्थिक कारोबार नगर्न उच्च अदालत वीरगन्जले अल्पकालीन आदेश जारी गरेको छ ।

error: Content is protected !!