रौतहटबाट सशस्त्र प्रहरीद्धारा बोईलर कुखुराको चल्ला बरामद

रबिन्द्र प्रजापति, असार २१ गते । रौतहट । रौतहटबाट सशस्त्र प्रहरीले बोईलर कुखुराको चल्ला बरामद गरेको छ । शुक्रवार बिहान सशस्त्र प्रहरीले बोईलर कुखुराको चल्ला बरामद गरेको छ ।
जिल्लाको परोहा नगरपालिका वडा नम्बर ८ बसिर चोक नजिकबाट सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटबाट खटिएको गस्ती टोलीले अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको कुखुराको चल्ला बरामद गरेको छ ।
सशस्त्र प्रहरीले बिआर ०५ एम ५११७ नम्बरको प्लाटिना मोटरसाईकल र साईकलहरुमा राखी ल्याउदै गरेको कुखुराको चल्ला बरामद गरेका छन । कुखुरा तस्करी गर्ने तस्कर फरार रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटले जानकारी दिनु भयो ।
एक लाख ७० हजार बराबरको एक हजार सात सय वटा बोईलर कुखुराको चल्लाहरु बरामद गरी जिल्ला कुखुरा व्यवसायी किसान संघ रौतहटका पदाधिकारी तथा स्थानीयहरुको रोहबरमा खाडलमा पुरी नष्ट गरिएको छ ।
बरामद भएको सवारी साधनलाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणले जानकारी दिएको छ ।

error: Content is protected !!