रौतहटमा चक्कु हानाहान, तिन जना विधार्थी घाईते, ३ जना पक्राउ

रबिन्द्र प्रजापति, असार २१ गते । रौतहट । रौतहटमा बिहीबार राती चक्कु हानाहान भएको छ । जिल्लाको गौर नगरपालिका वडा नं. ३ नेपाल केयर आँखा अस्पताल अगाडि टियूशन पढ्ने बिद्यार्थीहरु बिच विवाद हुँदा चक्कु हानाहान भएको छ । चक्कु हानाहान हुँदा ३ जना घाईते भएको छ ।
घाईते ३ जनामध्य १ जनाको अवश्था गम्भीर रहेको छ । समान्य घाईतेलाई प्रदेशिक अस्पताल गौरमा उपचार भईरहेको छ । भन्ने घाईते यादवको उपचार विरगंज स्थित न्युरो विरगंज अस्पतालमा भईरहेको छ । बिहीबार राती भएको चक्कु हानाहानमा गम्भीर घाईते हुनेमा गौर नगरपालिका वर्डा नम्बर ४ बस्ने १२ वर्षीय सुरज यादव रहेको छ ।
यादवलाई ४ जना युवक मिलेर सांघातिक हमला गरि चक्कु प्रहार गरेर गम्भीर घाइते बनाएको छ। गौर नगरपालिका कार्यालय दक्षिण छेउमा संतोष यादव सरले ट्युसन पढाउने ४ जना विद्यार्थीले सुरज यादव विद्यार्थी माथी सामुहिक चक्कु प्रहार गरेर गम्भीर घाइते बनाईएको हो ।
यस्तो निन्दनीय घटनामा संलग्न भएको ३ जना विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले रातीनै नियन्त्रनमा लिएको छ । उनिहरुलाई हदैसम्मको कानुनी कार्यवाहीको माग घाइतेको बुबा बिनोद यादवले गरेका छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले संजिव गुप्ता, प्रदिप साह, शिवम कुमार सहनीलाई पक्राउ गरि ज्यान मार्ने उधोग कसुर मुद्दामा सम्मानित रौतहट जिल्ला अदालत रौतहटबाट म्याद थप गरि अनुसन्धान गईरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन ।

error: Content is protected !!